विद्युत प्राधिकरणका हेल्परविरुद्ध करिब पौने ९ लाखको भ्रष्टाचार मुद्दा

  • जेठ २६, २०७७ | २९४ पटक पढिएको | सीमा संदेश
alt

मोरङ ।  करिब पौने ९ लाख रुपैयाँ आर्थिक हिनामिना गरेको आरोपमा मोरङको रंगेलीस्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका हेल्पर अरुणकुमार गुरुङविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर उपमहानगरपालिका–१६ घर भएका गुरुङविरुद्ध ८ लाख ७३ हजार ५४२ रुपैयाँ १४ पैसा माग दाबीसहित मुद्धा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

सो केन्द्रको एउटा आय काउन्टरबाट सेवाग्राहीसँग संकलन गरेको महसुल रकम हिनामिना गरेको आरोपमा अख्तियारले उनीविरुद्ध अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा गुरुङले आव ०६८/०६९ र २०६९/०७० को विद्युत महसुल वापत ग्राहकले तिरेको महसुल रकम हिनामिना गरेको देखिन आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले बताए ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब