विद्युत प्राधिकरणका हेल्परविरुद्ध करिब पौने ९ लाखको भ्रष्टाचार मुद्दा

  • जेठ २६, २०७७ | २९० पटक पढिएको | सीमा संदेश
alt

मोरङ ।  करिब पौने ९ लाख रुपैयाँ आर्थिक हिनामिना गरेको आरोपमा मोरङको रंगेलीस्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका हेल्पर अरुणकुमार गुरुङविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर उपमहानगरपालिका–१६ घर भएका गुरुङविरुद्ध ८ लाख ७३ हजार ५४२ रुपैयाँ १४ पैसा माग दाबीसहित मुद्धा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

सो केन्द्रको एउटा आय काउन्टरबाट सेवाग्राहीसँग संकलन गरेको महसुल रकम हिनामिना गरेको आरोपमा अख्तियारले उनीविरुद्ध अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा गुरुङले आव ०६८/०६९ र २०६९/०७० को विद्युत महसुल वापत ग्राहकले तिरेको महसुल रकम हिनामिना गरेको देखिन आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले बताए ।

गोलबजार झडपका घाइते एक जनालाई धरान पठाइयो

सिरहा । गोलबजारमा बिहीबार दिउँसो भएको प्रदर्शनका क्रममा ...

गोलबजारको एबी मलमा सहित एक दर्जन घरमा आगजनी

सिरहाको गोलबजारमा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका ...

गोलबजारमा गोली लागेका एक जनाको मृत्यु

सिरहा । सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते भएका एक ...

प्रभु बैङ्कमा अनियमितता, प्रमुख व्यवसाय अधिकृत पन्

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब