रुपन्देही सामूहिक हत्याकाण्डका आरोपितलाई अस्पताल भर्ना

  • जेठ २७, २०७७ | ५८३ पटक पढिएको | सीमा संदेश
alt

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मा ५ जनाको हत्यामा संलग्नता रहेको भनिएका व्यक्ति बेहोस भएका छन् । बञ्चरो प्रहार गरेर हत्या गरेको अभियोगमा पक्राउ परेका सुर्खेतका झपेन्द्र सिजापती बेहोस भएका हुन् ।

उनलाई अहिले तिलोत्तमाको प्रिन्सन अस्पताल भर्ना गरिएको प्रदेश नं. ५ का प्रहरी प्रमुख डीआईजी रविन्द्र धानुकले बताए ।

उनका अनुसार मंगलबार बिहान अपराधस्थलबाट भाग्दै गर्दा सिजापतिलाई स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएका थिए । त्यसपछि नै उनी बेहोस भएको अधिकृतहरुको भनाइ छ ।

घटनामा गाई फार्ममा कार्यरत माधव मुसहर, जानकी मुसहर, पोखराज मुसहर, करण चौधरी र आशिष चौधरीले ज्यान गुमाएका छन् । उनीहरुको शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ ।

आरोपित सिजापती सामान्य भएपछि बयान लिने प्रहरीको तयारी छ । त्यसपछि नै हत्याको कारणबारे खुल्नेछ ।

हालसम्म प्राप्त जानकारी अनुसार सिजापतिसहित सबै जना सोही फार्ममा कार्यरत थिए । सिजापति लागूऔषध दुर्व्यसनी पनि भएको प्रहरीले जनाएको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब