सिरहा । झण्डै तीन महिनादेखि जारी लकडाउनलाई बिहीबारदेखि सरकारले खुकुलो बनाउने निर्णय गरेको छ ।
बुधबार बेलुका बसेको मन्त्रिपरिषद्ले बिहीबारदेखि लागु हुनेगरी मोटरसाइकलमा एक जनामात्र चढ्ने, निजी कारहरुमा चालकबाहेक दुईजना यात्रा गर्नेगरी चलाउन सबैलाई खुला गर्ने निर्णय गरेको हो ।
रेष्टुरेन्टहरुमा टेक अवे सर्भिस (खाना लैजाने मात्र) खुला गर्ने भएको छ ।
त्यसैगरी सरकारी कार्यालय असार १ गतेदेखि पूर्णरुपमा सञ्चालन गरिने भएको छ ।
तर, शहर प्रवेश गर्ने नाकामा थप कडाई गर्ने निर्णय समेत गरिएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved