सप्तरी । कोरोना संक्रमित २ सुरक्षाकर्मी, एक महिलासहित १७ जना बिहीबार निको भएर घर फर्किएका छन् ।
राजविराजस्थित आइसोलेसनमा दुई हप्ताभन्दा बढी समयदेखि राखिएका उनीहरुलाई बिहीबार साँझ पुष्पगुच्छा र निको भएको प्रमाण पत्र दिँदै बिदाई गरिएको हो । साईकृष्ण मेडिक कलेजको पुरानो भवनस्थित आइसोलेसनमा आयोजित बिदाई समारोहमा गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दास, कोभिड रोकथाम तथा नियन्त्रण संयोजक डा. रन्जित झा लगायतले घर फर्केपछि पनि सतर्क बस्न र अरुलाई पनि सतर्कता सिकाउन उनीहरुलाई आग्रह गरे ।
बिहीवार निको भएर फर्किएसहित सप्तरीमा कोरोना निको भएर घर फर्कनेको संख्या २१ पुगेको छ । जिल्लामा बिहीबार साँझसम्म १ सय २१ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved