दुई सयभन्दा बढी कोरोनाको एक्टिभ केश भेटिएमा फेरी लकडाउन हुने

  • जेठ ३०, २०७७ | ३११ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । झण्डै तीन महिनापछि लकडाउनलाई पहिलो चरणमा खुकुलो गरिएपनि स्वास्थय मन्त्रालयले संक्रमण जोखिमलाई लक्षित गर्दै नयाँ मापदण्ड जारी गरेको छ ।

२ सयभन्दा बढी एक्टिभ संक्रमित भएको जिल्लामा पुनः लकडाउन गर्न सकिने भएको छ ।

कोभिड–१९ सम्बन्धी नयाँ मापदण्ड जारी गर्दै स्वास्थ्य मन्त्रालयले जिल्लामा २ सय बढी संक्रमित रहेको अवस्थामा पूर्ण लकडाउन गर्न सकिने जनाएको हो।

मन्त्रालयले यो लकडाउन खुकुलो भएसँगै सबै किसिमको जमघट र भेटघाटमा कम्तिमा ६ फिटको दूरी कायम गर्न भनेको छ।

मन्त्रालयले यस मापदण्डको उल्लंघन गरेमा संक्रामक रोग ऐन, २०२० र जनस्वास्थ्य सेवा ऐन, २०७५ बोमोजिम सजाय हुने जनाएको छ।

साथै मास्कको प्रयोग र साबुन पानीले अनिवार्य हात धुन पनि सुझाएको छ। मापदण्डमा आधारभूत र स्वास्थ्यगत रुपमा पालना गर्नुपर्ने नियमहरू पनि सुझाइएको छ। कुनै स्वास्थ्य समस्या देखिए नियमित जाँच गर्न भनिएको छ।

त्यस्तै उच्च जोखिमयुक्त ठाउँमा रहेका होटल र क्यान्टिनले खाना प्याकिङ गरेर मात्र लैजान सक्ने व्यवस्था गरिएको छ। साथै ग्राहकलाई सेवा प्रदान गर्दा भौतिक दूरी कायम गर्न भनिएको छ।

तर जिल्लामा संक्रमित संख्या ५० देखि २०० सम्म हुँदा मात्रै माथि उल्लेखित कुराहरू पालना गरेर व्यवसाय सञ्चालन गर्न सकिनेछ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब