नयाँ नक्सा पारित भएपछि भारतमा खलबली मच्चियो

  • जेठ ३१, २०७७ | २८४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । प्रतिनिधिसभाबाट लिम्पियाधुरासहितको नक्सा पारित भएसँगै भारतले यसप्रति आपत्ति जनाएको छ । भारतीय विदेश मन्त्रालयले नेपालको निर्णय स्वीकार्य नहुने प्रतिक्रिया दिएको हो
मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्ति जारी गर्दै नेपालको निर्णय ऐतिहासिक तथ्य वा प्रमाणमा आधारित नरहेको दाबी गरेका छन् । लिम्पियाधुरासहितको भूभाग समावेश गरेर सरकारले सार्वजनिक गरेको नक्सालाई शनिबार नेपालको प्रतिनिधिसभाले परित गरेपछि भारतीय राजनीति समेत तातेको छ ।

‘नेपालको प्रतिनिधिसभाले भारतीय भूभाग समावेश हुनेगरी नेपालको नक्सा परिवर्तन गर्दै संविधान संशोधन विधेयक पारित गरेको हामीलाई जानकारीमा आएको छ । यसबारे हामीले आफ्नो अडान पहिल्यै प्रस्ट पारिसकेका छौं, विज्ञप्तीमा भनिएको छ ।

नेपालको प्रतिनिधिसभाबाट भएको यो घटनाक्रमलाई भारतले नोट गरेको पनि उनले जनाएका छन् । नेपालको निर्णयले सीमासम्बन्धी विषयमा वार्ता गर्ने वर्तमान समझदारीलाई उल्लंघन गरेको श्रीवास्तवको आरोप छ । 

‘नेपालको प्रतिनिधिसभाबाट भारतीय भूभागसमेत समावेश गरेर नेपालको नक्सा परिवर्तनका लागि संविधान संशोधन विधेयक पास भएको हामीले नोट गरेका छौँ । हामीले यस सम्बन्धमा पहिले नै मत स्पष्ट पारिसकेका छौँ,’ प्रवक्ता श्रीवास्तवले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘यो दाबीको कृत्रिम विस्तार ऐतिहासिक तथ्य वा प्रमाणमा आधारित छैन र मान्य पनि छैन । सुल्झिन बाँकी रहेका सीमासम्बन्धी विषयमा वार्ता गर्ने समझदारीको पनि उल्लंघन भएको छ ।’ 

 

यससँगै नेपालको नयाँ ‘निशान छाप’ मा वास्तविक भूभागअनुसारको नक्सा समेटिनेछ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब