शम्भु मृत्यु प्रकरणमा पूर्वमन्त्री मातृकाका भाइसहित ६ जनाविरुद्ध जाहेरी दर्ता

  • असार २, २०७७ | २६७ पटक पढिएको | सीमा संदेश
alt

धनुषाको सबैला नगरपालिकामा गएको जेठ २७ गते राति प्रहरी हिरासतमा मृत्यु भएका सबैला नगरपालिकाका शम्भु सदाको परिवारले पूर्वमन्त्री मातृकाप्रसाद यादवका भाइ, प्रहरी र वडाध्यक्षविरुद्ध सरकारी वकिल कार्यालयमा उजुरी दिएका छन् ।

मृतक शम्भुकी आमा सियाली देवी सदाले इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक चन्द्रभूषण यादव, पूर्वउद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादवको भाइ कारी यादव, सबैला नगरपालिका २ का वडाध्यक्ष पारस साह, वडा नम्बर ३ का वडाध्यक्ष सन्तोष साह, वडा नम्बर ४ बस्ने राजकुमार यादव, र सञ्जय साह तथा वडा नम्बर ३ बस्ने कालीप्रसाद साहविरुद्ध सरकारी वकिल कार्यालय जनकपुरमा किटानी जाहेरी दिएकी हुन् ।

उनीहरुकै मिलेमतोमा छोराको हत्या भएको भन्दै ज्यान मुद्धामा कारबाही गर्न पनि उनले माग गरेकी छिन् । सियालीदेवीको किटानी जाहेरी सरकारी वकिल कार्यालयमा दर्ता भएको कार्यालयका नायब सुब्बा विनोद सुवेदीले जानकारी दिए ।

यसअघि पटक–पटक जिल्ला प्रहरी कार्यालयमा जाँदा पनि प्रहरीले जाहेरी दर्ता गरेको थिएन । प्रहरीले दर्ता नगरेपछि पीडित परिवार सरकारी वकिल कार्यालय पुगेको हो ।

जाहेरीमा प्रहरीको निगरानीमा रहेको व्यक्तिले आत्महत्या गर्न नसक्ने भन्दै हत्या गरेर आत्महत्या जस्तो देखाइएको जिकिर गरे । सवारी ज्यान मुद्दामा हिरासतमा रहेका २२ वर्षीय शम्भु इलाका प्रहरी कार्यालय सबैलाको थुनुवा कक्षभित्र गत जेठ २७ गते राति झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

उनले चलाएको ट्र्याक्टरले गाउँकै एक महिलालाई ठक्कर दिँदा ज्यान गएपछि उनी थुनामा परेका थिएव। जाहेरी दर्ता भएपछि मृतक शम्भु सदाको प्रादेशिक अस्पताल जनकपुरधाममा पोस्टमार्टम गर्न लागिएको छ । जाहेरी दर्ता नहुँदा पीडित परिवारले पोस्टमार्टम गर्न दिन मानेको थिएन ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब