सिराहामा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि, प्रदेश २ मा संक्रमितको संख्या २३७० पुग्यो

  • असार २, २०७७ | ५५० पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिराहा । सिराहामा आज थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सिराहाको लाहान नगरपालिकाको क्वारेन्टाइनबाट आरडिटी पोजेटिभ देखिएपछि सिराहा जिल्ला अस्पताल ल्याइएको १८ र २२ वर्षिय दुई जना पुरुषको पिसिआर परिक्षण रिर्पोट पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादबले जानकारी दिनु भयो ।

यसैसँगै सिराहामा कोरोना भाइरस संक्रमितको कुल संख्या ७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप १ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै पदेश २ मा कूल संक्रमितको संख्या २ हजार ३ सय ७० पुगेको छ ।

मंगलबार ७ जना महिला र १ सय ७८ जना पुरुषमा कोरोना भाइरसको संक्रमण भएको हो ।

प्रदेश २ का सामाजिक विकास मन्त्रालयले नियमित रुपमा गर्दै आएको मडिया ब्रिफींग मार्फत सबैभन्दा बढी महोत्तरीमा ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।

त्यस्तै सप्तरीमा ३ जना, सिरहामा २ जना, पर्सामा २ जना, धनुषामा २१ जना, सर्लाहीमा १६ जना, रौतहटमा ५२ जनामा कोराना संक्रमित थपिएका छन् । यस प्रदेश २ मा हालसम्म ५ सय ६ जना कोरोना संक्रमित निको भएका छन् ।

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब