सिरहामा २४९ जनाको स्वाब अयोग्य

  • असार ५, २०७७ | ९१२ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहामा कोरोना परिक्षणको लागि विभिन्न क्वारेन्टाइनहरुबाट संकलन गरिएका २४९ जनाको स्वाब अयोग्य रहेको टेकु प्रयोगशालले बताएको छ ।

संकलन गरिएका स्वाबहरु नियम अनुसार लिबलिंग राम्रोसँग नगरी पठाएको भन्दै प्रयोगशालले अयोग्य ठहर गरेको जिल्ला स्वास्थ्य कार्यालय सिरहा प्रमुख कृष्णदेव यादबले जानकारी दिनु भयो । 

हालसम्म जिल्लामा २ हजार ३ सय ८६ जनाको स्वाब संकलन गरी परिक्षणका लागि पठाईएको छ । असार ४ गते सम्म सर्वजनिक गरिएको रिर्पोट अनुसार ७१ जना पोजेटिभ र १६१४ जनाको निगेटिभ  गरी कुल १६८५ जनाको परिक्षण रिर्पोट सर्वजनिक गरिएको छ ।  कुल ४५२ जनाको रिर्पोट अहिले पनि आउन बाँकी रहेको छ ।

अरडिटी किटबाट जिल्ला भरीमा कुल २००४ जनाको परिक्षण गरिएको छ । परिक्षण गरिएकोमा कुल १८९८ जनाको रिर्पोट निगेटिभ आएको छ भने कुल १०६ जनामा पोजेटिभ देखिएको छ।

अरडिटी परिक्षण रिर्पोट पोजटिभ आएकोलाई कोरोना भाइरस संक्रमित घोषण गरिएको छैन । पिसिआर परिक्षणका लागि स्वाब संकलन गरी काठमाडौ पाठएको छ । पिसिआर रिर्पोट पोजेटिभ आएपछि मात्र कोरोना संक्रमित घोषण हुने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख यादबले बताउनु भयो । 

जिल्लाभरीको संस्थागत क्वारेन्टाइनमा कुल १२२८ जना रहेका छन ।  होम क्वारेन्टाइनमा कुल ४७८ जना रहेको छ भने आईसुलेशनमा कुल ४६ जनाको उपचार भईरहेको छ । 

सिरहामा हाल सम्म कोरोना भाइरस संक्रमितको संख्या ७१ पुगेको छ । २६ जनाले कोरोनाबाट निक भई घर फर्केको छ ।

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब