सिरहामा २४९ जनाको स्वाब अयोग्य

  • असार ५, २०७७ | ९३३ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहामा कोरोना परिक्षणको लागि विभिन्न क्वारेन्टाइनहरुबाट संकलन गरिएका २४९ जनाको स्वाब अयोग्य रहेको टेकु प्रयोगशालले बताएको छ ।

संकलन गरिएका स्वाबहरु नियम अनुसार लिबलिंग राम्रोसँग नगरी पठाएको भन्दै प्रयोगशालले अयोग्य ठहर गरेको जिल्ला स्वास्थ्य कार्यालय सिरहा प्रमुख कृष्णदेव यादबले जानकारी दिनु भयो । 

हालसम्म जिल्लामा २ हजार ३ सय ८६ जनाको स्वाब संकलन गरी परिक्षणका लागि पठाईएको छ । असार ४ गते सम्म सर्वजनिक गरिएको रिर्पोट अनुसार ७१ जना पोजेटिभ र १६१४ जनाको निगेटिभ  गरी कुल १६८५ जनाको परिक्षण रिर्पोट सर्वजनिक गरिएको छ ।  कुल ४५२ जनाको रिर्पोट अहिले पनि आउन बाँकी रहेको छ ।

अरडिटी किटबाट जिल्ला भरीमा कुल २००४ जनाको परिक्षण गरिएको छ । परिक्षण गरिएकोमा कुल १८९८ जनाको रिर्पोट निगेटिभ आएको छ भने कुल १०६ जनामा पोजेटिभ देखिएको छ।

अरडिटी परिक्षण रिर्पोट पोजटिभ आएकोलाई कोरोना भाइरस संक्रमित घोषण गरिएको छैन । पिसिआर परिक्षणका लागि स्वाब संकलन गरी काठमाडौ पाठएको छ । पिसिआर रिर्पोट पोजेटिभ आएपछि मात्र कोरोना संक्रमित घोषण हुने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख यादबले बताउनु भयो । 

जिल्लाभरीको संस्थागत क्वारेन्टाइनमा कुल १२२८ जना रहेका छन ।  होम क्वारेन्टाइनमा कुल ४७८ जना रहेको छ भने आईसुलेशनमा कुल ४६ जनाको उपचार भईरहेको छ । 

सिरहामा हाल सम्म कोरोना भाइरस संक्रमितको संख्या ७१ पुगेको छ । २६ जनाले कोरोनाबाट निक भई घर फर्केको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब