सिरहा । सिरहामा आज थप १ जना महिला र ६ जना पुरुष गरी ७ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना बिफिंगमा बताएको छ ।
भगवानपुर गाउँपालिकामा ४ जना, कल्याणपुर नगरपालिकामा १ जना, धनगडी नगरपालिकामा १ जना र सिरहा नगरपालिकामा १ जना गरी कुल ७ जना फेला परको जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईले पुष्टि गरेको छ ।
यसैसँगै सिरहामा कोरोना भाइरस संक्रमितको कुल संख्या १५३ पुगेको छ । निक भई ५२ जनाले घर फर्केका छन ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved