अनौठो घटनाः आमाबाबु कोरोना नेगेटिभ, भर्खर जन्मेको तिम्ल्याहा भने पोजेटिभ

  • असार १०, २०७७ | ५९३ पटक पढिएको | सीमा संदेश
alt

मेक्सिकोमा सोमबार जन्मेका तिम्ल्याहा बच्चा कोभिड–१९ को परीक्षणमा पोजेटिभ पाइएका छन् । तर, आमाबाबु दुवैको परीक्षणको नतिजा नेगेटिभ आएको पोटोसी राज्यका स्वास्थ्य सचिवले जानकारी दिएका छन् । स्वास्थ्य अधिकारीहरुले यस्तो घटना पहिलो पटक सुनेको र उनीहरु कसरी संक्रमित भए भनेर अनुसन्धान सुरु गरेको छ ।

‘दुवै आमाबाबुको पीसीआर परीक्षणपछि यो घटना हाम्रा स्वास्थ्यकर्मी मात्र नभएर विश्वभरका अनुसन्धानकर्ताहरुका लागि भाइरसको व्यवहार बुझ्नका लागि राम्रो उदाहरण हुनसक्छ,’ स्वास्थ्य सचिव मोनिका लिलियाना मार्टिनेजले भनिन् ।

ती तीन तिम्ल्याहा इग्नासियो मारोनेस प्रीएटो सेन्ट्रल अस्पतालमा समय अगावै जन्मिएका थिए । उनीहरुको अवस्था स्थिर रहेको बताइएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार एक बच्चामा श्वासप्रश्वासको समस्या देखिएपनि समस्या गम्भीर नरहेको बताइएको छ । आमाको स्वास्थ्यमा पनि सुधार भइरहेको छ ।

तिम्ल्याहाको जन्मिएको दिन परीक्षण गर्दा कोरोनाभाइसको संक्रमण देखिएको थियो । दुई बच्चा एक छोरा र छोरीको अवस्था सामान्य रहेको छ भने एक छोरामा भने श्वास प्रश्वासको समस्या देखिएको छ ।

विश्वमा पहिलो पटक यसरी एकभन्दा बढी बच्चा जन्माउँदा एकैपटक संक्रमण देखिएको हो ।

मेक्सिकोमा हालसम्म १ लाख ८५ हजार १२२ जनामा कोरोनाभाइरसको संक्रमण देखिसकिएको छ भने २२ हजार ५ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

स्रोत : सीएनएन

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब