सिरहा । सिरहामा थप २ जनामा कोरोना भाइरस फेला परेको छ ।
लहान नगरपालिकाद्धारा संचालित जे. एस. मुररका क्याम्पस क्वारेन्टाइनमा ३ वर्षीया बालिका र १७ वर्षको पुरुषमा कोरोना भाइरस फेला परेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादबले जानकारी दिएको छ ।
यसैसँगै सिरहामा कोरोना भाइरस संक्रमितको संख्या १५४ पुगेको छ । भाइरस संक्रमणबाट निको भई ४७ जना घर फर्केका छन ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved