जनकपुरको ल्याबले फेरी दियो गलत रिपोर्ट

  • असार १६, २०७७ | ४२४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । प्रादेशिक जनस्वास्थ्य कार्यालय जनकपुरमा कोरोना भाइरस संक्रमण पोजेटिभ भनिएको रौतहटका ५ जनाको हेटौँडामा जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका ४ कर्मचारी र एक जना गैर सरकारी संस्थाकी कर्मचारी गरी ५ जनामै पोजेटिभ आएको भनेपछि पुनः स्वाब संकलन गरेर रातारात बागमती प्रदेशको प्रयोगशाला हेटौंडामा जाँचका लागि पठाइएको थियो ।
तर हेटौंडामा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण नभएको पाइएको छ । ‘हेटौंडाको ल्याबमा अनुरोध गरेर तुरुन्तै परीक्षण गराउँदा आज ती पाँच जनाको रिपोर्ट निगेटिभ आएको छ’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश साहले भने ‘सद्धे मान्छेलाई पनि संक्रमित भएको भनी रिपोर्ट दिनु दुखद हो ।’

यो घटनाले जनकपुर प्रयोगशालामाथि गम्भीर प्रश्न उठाएको स्वास्थ्य प्रमुख साहले बताए । जनकपुर ल्याबको रिपोर्टपछि कन्ट्याक्ट ट्रेसिङलगायतको काम शुरु गर्नुअघि पुनः अर्को ल्याबबाट परीक्षण गराएर हेर्ने निष्कर्षपछि हेटौंडामा परीक्षण गर्न पठाइएको थियो ।

संक्रमितको नजिकसमेत नपरेका र कार्यालयमा मात्रै काम गर्ने कर्मचारीको पोजेटिभ रिपोर्ट आएपछि शंका लागेर हेटौंडामा परीक्षण गर्न पठाएको प्रमुख साहले बताए ।

यसअघि समेत जनकपुरको ल्याबमा गलत रिपोर्ट देखाएपछि दुइपटक पोर्टेबल पिसिआर मेसिन बदलिएको थियो । तर यो रियल टाइम पिसिआर मेसिनले समेत गलत नतिजना देखाएको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब