सिरहा । सिरहा नगरपालिका वडा नं. ६ को सहयोगमा सङोर नेपाल मझौरा–३, सिरहाद्धारा विभिन्न खेलकुदमा सक्रिय युवा समूहहरुलाई खेलकुद सामागी वितरण गरको छ ।
युवाहरुलाई स्वास्थ्य तथा शारिरीक तन्दु्रस्तीका लागि युवा लक्षित कार्याक्रम अन्तर्गत युवाहरुको चाहान अनुसार खेलकुद सामाग्री वितरण गरेको छ । क्रिकेट समूहका लागि युवाले गरेका प्रस्ताव अनुसार ३ थान ब्यट, १५ थान फुल जर्सि, डियुज बोल, फुटवल खेलाडीहरुका लागि १५ थान फुल जर्सि, वोल र २ थान क्यारमबोर्ड वितरण गरिएको संस्थाको अध्यक्ष बैधनाथ कुमार यादबले बताउनु भयो ।
खेलकुदमा सक्रिय भई वडाको पहिचान झलकिने गरी खेल विकास भएमा युवाहरुका लागि थप विभिन्न सहयोग गर्ने वडाअध्यक्ष विजय कुमार यादबले बताउनु भयो । खेलकुदबाट अन्तर्राष्ट्रिय जगतमा पहिचान झलकिन भएकोले यसलाई स्वास्थ्यका लागि मात्र नभई पेशगत रुपमा अगाडी बढन युवाहरुसँग यादबले अनुरोध गर्नु भयो ।
त्यसैगरी आवश्यक खेलकुद सामाग्री पाएपछि युवाहरु खुशी व्यक्त पनि गर्नु भयो । राष्ट्रिय स्तरमा क्रिकेट खेलिरहनु भएको युवा खेलाडी शंकर यादबले भने, स्थानियतहको सरकारले यस्तै गरी युवालाई सहयोग गरी खेलकुद विकासमा टेवा पुर्याए मधेशका बिकट क्षेत्रबाट पनि पेशगत रुपमै खेलाडी विकास हुनेछ । हामीलाई यसरी सहयोग आगामी दिनहरु भैरहुन भन्दै वडाअध्यक्ष तथा संस्थालाई धन्यवाद पनि दिनु भयो ।
सामाग्री वितरण कार्याक्रममा युवाहरुकाबाट विरोचन यादब, केशव यादब, ललन यादब र राम कुमार यादब नेतृत्व गरी सामाग्री बुझेको थियो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved