सिरहा । सिरहामा थप १ जना कोरोना भाइरस संक्रमित पुष्टि भएको छ ।
भाइरस पुष्टि भएको व्यक्ति लहान नगरपालिकाको रहेको र पिसिआर परिक्षण धनुषमा गराएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादबले जानकारी दिनु भयो ।
शनिवार पनि सिरहामा ६ जनामा कोरोना भाइरस फेला परेको थियो । भगवानपुर गाउँपालिकाको ४ जना र नगराजपुर गाउँपालिका २ जनामा भाईरस संक्रमित पुष्टि भएको थियो ।
यसैसँगै सिरहामा कोरोना भाइरस संक्रमितको संख्या १७९ पुगेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved