सन्दीप क्षेत्री ‘मिठाईलाल’ सहित चारजनाविरुद्ध जाहेरी

  • असार २४, २०७७ | ४८९ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । चर्चित हास्य कलाकार तथा कान्तिपुर टेलिभिजनका कार्यक्रम प्रस्तोता सन्दिप क्षेत्रीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी परेको छ ।

क्षेत्रीले सार्वजनिक शान्ति खलल पुर्याएको भन्दै पर्साको छिपहरमाइका ३५ वर्षीय अशोक कुशवाहले मंगलबार उनीविरुद्ध उजुरी दिएका हुन् ।

क्षेत्रीसहित कार्यकारी कार्यक्रम उत्पादक तर्फका सुरज सिंह ठकुरी, प्रमुख सम्पादक समाचार तथा समसामयीक प्रशान्त अर्याल, कान्तिपुर मिडिया गुप्रका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया र कान्तिपुर मिडिया गुप्रका निर्देशक स्वस्तिका सिरोहियाविरुद्ध पनि उजुरी परेको छ ।

असार १७ गते कान्तिपुर टेलिभिजनमा प्रसारण भएको whats the flop कार्यक्रमले सार्वजनिक हित, सामाजिक सद्भाव, नैतिकताविरुद्ध रहेको जाहेरीमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा पेश गरेको जाहेरी हेर्न यहाँ क्लिक गर्नुहोस् :-

https://docs.google.com/document/d/1BjLcXS8xyLZhMyOLBC7T1Txp34nXEOigWSNcTiG0Knk/mobilebasic?fbclid=IwAR1YeMwdx0c-Sla5ga6sScTdLJfBN9AtjfT6bgeuaiaTyY3jzp6a5sEpVQA

‘उपरोक्त प्रकरण ३ मा उल्लेखित व्यक्तिहरुले प्रकरण ६(क) मा उल्लेखित लिङ्कमा प्रकाशित प्रसारित सामाग्रीले सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री साथै मधेशी समुदायप्रति घृणा वा द्वेष फैलाउने र मधेशी र पहाडी सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन र प्रदर्शन गर्ने कार्य गरेको छ,’ कसूरसँग सम्बन्धित घटनाको विवरणमा भनिएको छ– ‘साथै मधेशी महिलालाई जिस्क्याउने, होच्चयाउने, अपमान गर्ने र साथै अमर्यादित कार्य गरेको र गर्न लगाई निजहरुले मुलुकी अपराध संहिता, २०७४ को दफा ६५ को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा निजहरुलाई ऐ. ऐनको दफा दफा ६५ को उपदफा (२) बमोजिम हदैसम्म सजाय गरि पाउँ ।’

यता नागरिक समाजका अगुवा डा. शदर सिंह यादवले पनि कान्तिपुर टेलिभिजनमा प्रशारण भएको कार्यक्रम विरुद्ध प्रेस काउन्सिल र मधेशी आयोगमा छुट्टाछुट्टै उजुरी दर्ता गराएका छन् ।

डा. यादवले कान्तिपुर टेलिभिजनको कार्यक्रम whats the flop मार्फत सन्दीप क्षेत्रीले मधेशी समुदायमाथि प्रहार हुने गरि प्रसारण गरेको सामग्रीविरुद्ध प्रेस काउन्सिल र मधेशी आयोगमा कार्यक्रम प्रस्तोता, निर्माता तथा टेलिभिजनलाई हर्दसम्मको कारबाहीको माग गर्दै कार्यक्रम बन्द गर्नुपर्ने भन्दै उजरी दर्ता गरिएका हुन् ।टुडेपाटी

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब