महिलाको संवदेशील अंग स्पर्श गर्ने वीरगन्जका तीन स्वास्थ्यकर्मी पक्राउ

  • असार २४, २०७७ | ६५२ पटक पढिएको | सीमा संदेश
alt

वीरगन्ज। वीरगन्जस्थित अस्पतलामा उपचार गराइरहेकी युवतीलाई रातको समयमा यौन दुव्र्यवहार गरेको आरोपमा तीन स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

पर्सा जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगन्जस्थित अली अर्थो एन्ड ट्रमा हस्पिटलका तीन स्वास्थ्यकर्मीलाई पक्राउ गरेको हो ।

पर्साका प्रहरी प्रवक्ता डीएसपी मनोजित कुँवरले भने,‘अहिले नै नामचाहिँ नभनौं होला,‘ती तीन स्वास्थ्यकर्मीले ती १९ वर्षीया महिलालाई मंगलबार राति यौन दुव्र्यवहार गरेको भन्ने उजुरी आएपछि पक्राउ गरेका छौं ।’

ती १९ वर्षीया युवती एक शिशुकी आमा हुन् । उनको घर वीरगन्ज महानगरपालिकाकै वडा नम्बर १९ हो । उनी पेटको समस्या भएपछि उक्त हस्पिटलमा भर्ना भएकी थिइन् । त्यस क्रममा मंगलबार राति ती स्वास्थ्यकर्मीले आफूलाई यौन दुव्र्यवहार गरेको भनेर महिलाले आफन्तलाई जानकारी गराएको र आफन्तले प्रहरीलाई मौखिक उजुरी गरेपछि उनीहरूलाई पक्राउ गरिएको डीएसपी कुँवरले जानकारी दिए ।

‘उहाँ गाइनो (स्त्रीरोग) को समस्या भएपछि अस्पताल जानुभएको रहेछ,’ उनले भने, ‘साथै उहाँलाई मिर्गी (छारे रोग) को समस्या पनि रहेछ, अहिले उहाँ बेहोसजस्तै अवस्थामा हुनुहुनछ, बोल्न सक्नुहुन्न, उहाँका आफन्तले गराएको जानकारी आधारमा ती तीन स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएर घटना अनुसन्धान गरिरहेका हौं, त्यही भएर अहिले मिडियामा नाम दिनु उपयुक्त नहुने डिएसपी कुँवरले बताए ।

मंगलबार राति ती स्वास्थ्यकर्मीले ती महिलाको संवदेशील अंग स्पर्श गरेको आरोप लागेको प्रहरीको भनाइ छ ।

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब