वैशाखदेखि अहिलेसम्म विपद् घटनाका कारण १ सय ४ जनाको ज्यान गयो ।

  • असार २५, २०७७ | १,१०३ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै । वैशाखदेखि अहिलेसम्म ८ सय भन्दा धेरै विपद्का घटना भएका छन् । वैशाखदेखि अहिलेसम्म ८०४ वटा विपद्जन्य घटनामा १ सय ४ जनाको ज्यान गएको छ । तीन जना बेपत्ता भएका छन् ।

त्यस्तै ३ सय ४९ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सबैभन्दा बढी क्षति चट्याङबाट भएको छ । चट्याङ्मा परेर ४७ जनाले ज्यान गुमाएका छन् । दोस्रोमा पहिरोबाट ३६ जनाले ज्यान गुमाइसकेका छन् । विपद्का घटनाबाट अहिलेसम्म तीन हजार ६ सय परिवार प्रभावित भएका छन् ।

दुई हजार ५ सय १५ घरमा आंशिक र २ सय ४५ घर पूर्ण क्षति भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो । यी विपद्मा झण्डै ४३ करोड रुपैयाँ बराबरको आर्थिक तथा भौतिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार वैशाखदेखि अहिलेसम्म १ सय ५२ ठाउँमा चट्याङ पर्दा ४७ जनाको ज्यान गएको र १ सय ६१ जना घाइते भएका छन् । आगलागीका ३ सय ३९ घटना हुँदा सात जनाले ज्यान गुमाएका छन् भने ७१ जना घाइते भएका छन् । त्यस्तै २३ वटा सर्पको टोकाइका घटना भएकोमा १० जनाको ज्यान गएको छ ।

बाढीका २३ वटा घटना भएको र चार जनाको ज्यान गएको तथा एक जना वेपत्ता छन् । देशका विभिन्न ठाउँमा तीन महिनामा १ सय ७ वटा पहिरो खसेको र पहिरोमा परेर ३६ जनाले ज्यान गुमाएका छन् । पहिरोमा परी दुई जना बेपत्ता रहेको र २९ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब