वेष्टइन्डिजलाई ९९ रनको अग्रता

  • असार २७, २०७७ | ३९७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । वेष्ट इन्डिजले इंग्ल्याण्डविरुद्धको पहिलो टेष्ट अन्तर्गत तेस्रो दिनको समाप्तीमा ९९ रनको अग्रता बनाएको छ । तेस्रो दिन ५७-१ बाट इनिङ्स अघि बढाएको वेष्ट इन्डिजले १०२ ओभर खेल्दै सबै विकेट गुमाएर ३१८ रन बनाएको थियो । तेस्रो दिनै आफ्नो दोस्रो इनिङ्स सुरु गरेको इंग्ल्याण्डले बिना क्षति १५ रन बनाउँदा स्टम्प्स भएपछि वेष्ट इन्डिजले ९९ रनको अग्रता बनाएको हो ।

वेष्ट इन्डिजका लागि ओपनर क्रेग ब्रेथवेइटेले सर्वाधिक ६५ रन बनाए । यस्तै विकेटकिपर शेन डवरिचले ६१ रन योगदान गरे । रोस्टन चेसले ४७ रन जोडे । इंग्ल्याण्डका लागि कप्तान बेन स्टोङ्क्सले ४ विकेट लिए । यस्तै जेम्स एण्डरसनले ३ र डम बेसले २ विकेट लिए ।

साउथह्याम्पटनमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली इंग्ल्याण्ड पहिलो इनिङ्समा २०४ रनमा अलआउट भएको थियो । वेष्ट इन्डिजका कप्तान ज्यासन होल्डरले पहिलो इनिङ्समा एक्लै ६ विकेट लिएका थिए ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब