सीमा संदेश दैनिकद्धारा खेल सामाग्री वितरण

  • साउन ९, २०७७ | ५१९ पटक पढिएको | शम्भु कुमार यादब
alt

सिरहा । सीमा संदेश राष्ट्यि दैनिक पत्रिका सफलता पूर्वक पहिलो वर्ष पार गरी दोस्रो वर्षमा प्रवेश गरेको शुभ उपलक्ष्यमा नवराजपुर गाउँपालिका वडा नं. ३ का युवाहरुलाई क्रिकेट खेल सामाग्री वितरण गरेको छ ।

शिक्षा र स्वास्थ्य प्रति युवाहरुलाई अग्रसर बनाउनका लागि मुख्या कार्यालय रहेको स्थानका युवालाई प्राथमिकतामा राखि क्रिकेट खेलका २ थान व्यट, ६ थान विकेट, २ थान वल, १ थान हेलमेट, १ थान ग्लोब र प्याड सहितको एक सेट सामाग्री उपलब्ध गराएको प्रकाशक तथा प्रधानसम्पादक बैधनाथ कुमार यादबले बताउनु भयो ।

शिक्षा स्वास्थ्य आवस्था कमजोर रहेको भारतीय सीमासँग जोडिएका नवराजपुर गाउपालिकाको एक मात्र संचार माध्यमका रुपमा रहेको सीमा संदेश राष्ट्यि दैनिक पत्रिका आफ्ना पाठक वर्गका मन जित्न सदैब सत्य तथ्यमा आधारीत समाचार ल्याउने प्रयासत्त रहने प्रतिवद्धता साथ अनलाईन मार्फत पनि सूचना संदेश प्रकाशन प्रसारण सुरु गरिरहेको जानकारी पनि गराउनु भयो ।

सीमा संदेश परिवारको पहिलो प्राथमिकता नै यहाँका शिक्षा स्वास्थ्यमा आधारीत रहने छ । विकासको प्रमुख खम्बाको रुपमा रहेको युवालाई मानशिक र शारिरीक विकासका लागि विभिन्न क्षेत्रमा सहयोग पनि गरिरहने प्रतिवद्धता यादबले गर्नु भयो ।

खेल सामाग्री पाएपछि खुशी व्यक्त गर्दै राम प्रकाश यादबले भने, आफ्नो ठाउँको प्रति जिमेवारी भई विकासका लागि कार्य सदैव सक्रिय भुमिकामा रहने प्रतिवद्धता गरे । सीमा संदेश परिवारलाई सफताको शुभकामना साथ धन्यवाद दिदै राम सेवक यादबले भने, यस्ता प्रयासले हामी सबै युवाहरुका समाज प्रति जिमेवारी थपिएको महसुश भएको छ । यस कार्यलाई निरन्तर रुपमा समाज विकासका लागि शुफ्रुत रुपमा भुमिका निर्वाह गर्ने छौँ ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब