अस्पतालले भर्ना नलिँदा एम्बुलेन्समै बिरामीको मृत्यु

  • साउन ९, २०७७ | ४६७ पटक पढिएको | सीमा संदेश
alt

विराटनगर । विराटनगरका दुई ठूला अस्पतालले उपचार गर्न नमान्दा उदयपुरका एक युवकको एम्बुलेन्समै मृत्यु भएको छ ।

शुक्रबार दिउँसो नोबल अस्पताल र कोशी अस्पतालले उपचार गर्न नमान्दा उदयपुरका २३ वर्षका पदम राईको एम्बुलेन्समै मृत्यु भएको हो ।

दिउँसो साढे २ बजे एम्बुलेन्समा कोशी अस्पताल ल्याइएका युवकलाई चिकित्सकले उपचार गर्न नमान्दा साढे ३ बजेतिर एम्बुलेन्समै मृत्यु भएको आफन्त र एम्बुलेन्स चालकले बताएका छन् ।

त्यसअघि शुक्रबार नै नोबल मेडिकल कलेजले उपचार गर्न नमानेपछि उनलाई कोशी अस्पताल ल्याइएको थियो ।

‘अस्पतालले बिरामीलाई हेर्नै मानेन’ मृतकका आफन्त रोमा गोलेले भनिन्, ‘बेहोस भएकालाई उपचार गरिदेउ भन्दा पनि छेउमा आउन मानेनन् ।’

स्वासप्रश्वासमा समस्या देखिएपछि पदमलाई श्रीमती कमला र बहिनी चमेलीले बिहीबार कटारी अस्पताल लगेका थिए । कटारी अस्पतालले रेफर गरेपछि उनीहरुले शुक्रबार विराटनगरको नोबल मेडिकल कलेज ल्याएका थिए । दिउँसो २ बजेसम्म उनको अवस्था सामान्य थियो । बेलाबेला श्वास प्रश्वासमा समस्या भएकाले अक्सिजन लगाएका थिए ।

नोबेलले एम्बुलेन्सबाट बिरामी लिन स्ट्रेचरसमेत ल्यायो । तर पछि कोरोना जाँच गराएर मात्र आउन भन्दै अस्पतालले भर्ना लिन मानेन ।

नोबेलले भर्ना नगरेपछि एम्बुलेन्स चालक सुवास तामाङले साढे २ बजे कोशी अस्पताल ल्याए । तर सरकारी अस्पतालले पनि एम्बुलेन्सबाट बिरामी झार्न दिएन । इमर्जेन्सी वार्ड अगाडि रोकिएको एम्बुलेन्समा करिब एक घण्टापछि उनको मृत्यु भएको हो ।

‘नोबेलले कोशी लैजानु भन्यो, ’एम्बुलेन्स चालक तामाङले भने ‘ कोशीले पनि भर्ना गर्न मानेन ।’ पदमको मृत्युपछि श्रीमती र बहिनी एम्बुलेन्समै बेहोस भएका थिए । अस्पतालले कोरोनाको शंकास्पद संक्रमित भन्दै बेहोस आफन्तको पनि उपचार गर्न मानेन ।

‘अस्पतालले बिरामीलाई हेर्नै मानेन’ मृतकका आफन्त रोमा गोलेले भनिन्, ‘बेहोस भएकालाई उपचार गरिदेउ भन्दा पनि छेउमा आउन मानेनन् ।’ एम्बुलेन्समा रहेको शव साढे पाँच बजे मात्र अस्पतालका कर्मचारीले कोरोना जाँचका लागि भन्दै निकालेका छन् ।

कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले युवकलाई धरान रेफर गर्ने तयारी गर्दै गर्दा मृत्यु भएको बताए । ‘अवस्था गम्भीर भएकाले धरान रेफर गर्ने निर्णय भइसकेको थियो’ उनले भने ‘एम्बुलेन्समै मृत्यु भयो ।’

कोशीमा सुविधा नभएका कारण धरान रेफर गर्न लागेको अवस्थामा मृत्यु भएका युवकको कोरोना जाँचका लागि स्वाब संकलन गरिएको उनले बताए ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब