श्रीमान आफ्नै हजुरबुबा भएको थाहा पाएपछि…

  • साउन २४, २०७७ | १,१९७ पटक पढिएको | सीमा संदेश
alt

मानिसको जीवनमा अनेक संयोगहरु हुने गर्छन् । तर कतिपय संयोग यस्ता पनि हुन्छन्, जो मानिसले कल्पनासम्म गरेका हुँदैनन् ।

यस्तै भएको छ, अमेरिकाको फ्लोरिडा बस्ने २४ वर्षीया एक युवती र ७८ वर्षका बृद्धलाई । ७८ वर्षको उमेरमा एकजना धनी बृद्ध व्यक्तिले २४ वर्षीया युवतीसँग विवाह गरे । बिहेपछि दुबैको जीवन सुखद बितेको थियो । तर तीन महिनापछि भने उनीहरुको जीवनमा भूकम्प आयो ।

तीन महिनापछि युवतीलाई थाहा भयो, आफूले श्रीमान मान्दै आएका व्यक्ति त उनका आफ्नै हजुरबुवा पो रहेछन् ।

आफ्नो श्रीमानका पुराना तस्वीरहरुको एल्बम हेर्दा उनको आँखा एउटा तस्वीरमा गयो । उक्त तस्वीरमा उनका बृद्ध श्रीमान र पहिलो श्रीमती र बच्चाहरुको तस्वीर थियो । उनले सोध्दा पहिलो श्रीमतीको बारेमा श्रीमानले बताए । त्यसपछि श्रीमान मानेर बसेको मान्छे त आफ्नै हजुरबुवा पो परेछ भन्ने स्पष्ट भयो । त्यसपछिको अवस्था के भयो होला, हामी कल्पना पनि गर्न सक्दैनौं ।

तर अचम्म, सबै कुरा थाहा पाएर पनि यी युवतीले भने आफ्ना हजुरवुवालाई छोड्न चाहँदिनन् । उनको भनाई छ, ‘हामीबीच राम्रो सम्बन्ध छ । यौनसम्बन्धदेखि सबै कुरा भइसक्यो । अब त्यो नाता अहिले थाहा भएको हो, त्यसैले मैले छोड्न सक्दिन ।’

मेल अनलाईनका अनुसार, बृद्ध व्यक्तिकी पहिलो श्रीमतीले उनलाई छोडेर हिंडेकी थिइन् । निकै खोजतलास गरेर पनि नपाएपछि उनले अर्को विहे गरेका थिए । दोश्रो बिहे पनि टिक्न नसकेपछि उनी त्यसै बसेका थिए ।

यसैबीच उनले लौट्रीबाट निकै बढी पैसा कमाए । त्यसपछि उनलाई फेरी बिहे गर्ने रहर जाग्यो । अनि एउटा डेटिंग एजेन्सीको माध्यमबाट उनले अहिलेको नातीनी नाता परेकी युवतीसँग बिहे गरे ।

एजेन्सीको सहयोगमा

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब