सिरहा । सिरहामा २४ घण्टा नवितिदै फेरि १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोरोना भाइरस पुष्टि हुनेहरुमा लहान प्रहरी कार्यालयको ४ जना थुनुवा, सिरहा करावासका ४ जाना कैदी र, ग्लोवल आई.एम .ई. बैँक शाखा कार्यालय सिरहाको १ जना कर्मचारी र जिल्ला प्रशासन कार्यालय सिरहाको १ जना कर्मचारी रहेको जिल्ला स्वास्थय कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादबले जानकारी दिनु भयो ।
संक्रमितहरुलाई आईसुलेशनमा व्यवस्थापन गर्ने कार्य भईरहको यादबले बताए ।
सैसँगै सिरहामा कोरोना भाइरस संक्रमितको संख्या २४६ पुगेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved