देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०० नाघ्यो

  • साउन ३०, २०७७ | १,०१२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या १०० नाघेको छ ।

पछिल्लो २४ घण्टामा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ का ५० बर्षीय पुरुषको मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या भएपछि उनलाई बिहीबार प्रादेशिक अस्पताल, जनकपुरधाम ल्याइएको थियो । यहाँबाट काठमाडौं रिफर गरिएका उनको बाटोमै मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ प्रशासक विजय झाले जानकारी दिए ।

मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ ।

यस्तै कोशी अस्पताल, बिराटनगरमा उपचाररत मोरङ र सिराहाका एकएक जनाको मृत्यु भएको छ । मोरङको विराटनगर महानगपालिका–१३ का ३० वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो ।

सिराहाको बिष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुषको पनि कोशीमै उपचारको क्रममा मृत्यु भएको छ ।

नेपालमा पहिलो कोरोना संक्रमित ९ माघमा भेटिएको थियो । दोस्रो संक्रमित १० चैतमा भेटिएसँगै लकडाउन भयो । वैशाखमा भारतबाट फर्किने नेपालीहरु बढेसँगै संक्रमण तीव्र गतिमा बढ्यो ।

कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु ३ जेठमा पुष्टि भएको थियो । बाह्रबिसे, सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केसीको जेठ २ गते धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । वैशाख २४ गते त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा शिशुलाई जन्म दिएकी उनी भोलिपल्ट डिस्चार्ज भएर राम्चेस्थित घर पुगिन् । स्वास्थ्यमा समस्या आएपछि स्वास्थ्य केन्द्र, बाह्रबिसे हुँदै धुलिखेल अस्पताल पुगेको उनको मृत्यु भएपछि कोरोना पुष्टि भएको थियो ।

साउन ६ गतेसम्म मृतकको संख्या ३९ थियो । तर वीरगञ्जमा समुदाय स्तरको संक्रमण देखिएसँगै मृतकको संख्या बढ्यो र १४ गतेसम्म मृतकको संख्या बढेर ४९ पुगेको तथ्यांक छ ।

यो संख्या दोब्बर बढी हुन भने जम्मा १६ दिन लाग्यो । साउन ३० गते अपराह्न साढे ४ बजे आयोजित स्वास्थ्य मन्त्रालयले नियमित ब्रिफिङमा दिएको जानकारीअनुसार मृतकको संख्या ९९ थियो । त्यसमा वीरगञ्जमा मृत्यु भएका बाराका एक युवकको तथ्यांक थिएन ।

साँझ धनुषामा मृत्यु भएका एक व्यक्तिमा संक्रमण पुष्टि भएपछि मृतकको संख्या १०० नाघेको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब