गर्भवती महिला हत्या आरोपमा पति र सासु पक्राउ

  • साउन ३२, २०७७ | २९७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहामा गर्भवती महिला लाई हत्या गरेको आरोपमा पति र सासु पक्राउ परेका छन।

सिरहा नगरपालिका–१६ बस्ने १९ वर्षीया ककुलतीदेवी दासको हत्या गरेको आरोपमा मृतकी पति २० वर्षीय धिरज दास र सासु ३५ वर्षीय राजकुमारी दासलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ। 

हत्या आरोपितहरूले तीन महिनाकी गर्भवती छोरीलाई साउन २७ गते कुटपिट गरी हत्या गरेको पीडित परिवारले बताएका छन। साउन २८ गते बिहान छिमेकीले जानकारी गराए पछि घटना थाहा पाएको र पोष्ट मार्टमको रिपोर्ट आए पछि किटानी उजुरी दिन प्रहरीले भनेपछि रिपोर्ट साउन ३० गते किटानी उजुरी दिएको बुवा चन्दर दासले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिनोद घिमिरेका अनुसार घटना शङ्कास्पद भए पनि पोष्ट मार्टमको रिपोर्टले थप जानकारीहरू प्राप्त भएकाले आरोपितहरूलाई गिरफ्तार गरिएको बताउनु भयो ।शवको पोष्टमार्टम जिल्ला अस्पताल सिरहामा साउन २८ गते भएको थियो ।

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब