पुनः लकडाउनको तयारीमा सरकार

  • भदौ २, २०७७ | ८२१ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । कोरोना संक्रमितकाे संख्या ह्वात्तै बढदै गएपछि सरकारले पुनः लकडाउन गर्ने गृहकार्य अगाडि बढाएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको खाका ल्याउन कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) निर्देशक समितिलाई निर्देशन दिनुभएको छ ।

निर्देशक समितिको बैठक भोली बस्ने भएको छ । एक मन्त्रीका अनुुसार प्रधानमन्त्री ओली तत्काल लकडाउन गर्ने मनस्थितिमा रहुनुभएको छ, अब बस्ने मन्त्रीपरिषद्को बैठकमा निर्णय हुने सम्भावना छ । सिसिएमसीले सुझाव दिए लगत्तै बुधवार प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग अनौपचारिक रुपमा छलफल गर्ने कार्यक्रम रहेको ती मन्त्रीले न्युज अफ नेपाललाई बताए ।

सरकारले गत चैत्र ११ गतेदेखि असार पहिलो सातासम्म लकडाउन गरेको थियो । चौतर्फी दबाब परेपछि सरकारले लकडाउन खुला गर्ने निर्णय गरेको थियो । तर देशभर कोरोना संक्रमितको संख्या बढेसँगै सरकार पुनः लकडाउन गर्ने गृहकार्यमा जुटेको छ । तीन साता अघि नै स्वास्थ्य क्षेत्रका विज्ञहरुले पूर्ण लकडाउन गर्न प्रधानमन्त्री ओलीलाई सुुझाव दिएका थिए । उक्त सुझावलाई प्रधानमन्त्री ओलीले ग्रहण गरेपनि कार्यान्वयन गर्नुभएको छैन् ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब