सिरहा । सिरहामा शनिवार थप १३ जनामा कोरोना भाइरस पुष्टि र एक जनाको कोरोनाबाट मृत्यु भएको छ ।
वि.पि. कोराइला प्रतिस्ठान अस्पताल धरानमा गरिएको परिक्षण रिर्पोट अनुसार सिरहा नगरपालिका वडा नं. १४ को १ जना, वडा नं. १५ को ४ जना, वडा नं. ७ को १ जना, गजेन्द्र नरायण अस्पताल सप्तरीबाट सर्वजनिक गरिएको रिर्पोट अनुसार बिष्णुपुर गाउँपालिका वडा नं. ५ १ जना, कोशी अस्पताल बिराटनगरबाट प्राप्त रिर्पोट अनुसार गोलबजार नगरपालिकाको ६ जना गरी कुल १३ जनामा कोरोना भाइरस फेला परेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादबले जानकारी दिनु भयो ।
कोरोना पुष्टिभएकाहरु ८ देखि ५० बर्ष उमेर समूहका छन । जस मध्ये ८ जना महिला र ५ जना पुरुष रहेको यादबले बताए ।
त्यस्तै बिहान बि.पि.कोराइला प्रतिस्ठान अस्पताल धरानमा लहान नगरपालिका वडा नं. १८ धदैया बस्ने ८४ बर्षका एक जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । मृक्तकको अस्पताल भर्ना भदौ ६ गते गरिएको थियो । उहाँलाई किडनी सम्बन्धी विरामीका कारण अस्पताल भर्ना गरिएको थियो ।
यसैसँग सिरहामा कोरोना संक्रमितको संख्या ४ सय १३ पुगको छ । कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved