सिरहा । सिरहाको गोलबजार नगरपालिकामा १८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । कोशी अस्पताल बिराटनगरबाट प्राप्त परिक्षण रिर्पोटमा सबै जना पोजेटिभ देखिएको छ ।
कोरोना पुष्टि भएका सबै गोलबजार नगरपालिका भित्रका वडाहरुका १६ देखि ५४ बर्ष उमेर समूहका रहेका छन । संक्रमित १४ जना पुरुष र ४ जना महिला रहेका छन । उनीहरुलाई आईसुलेशनमा व्यवस्थापन गर्ने कार्य भइरहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादबले जानकारी दिनु भयो ।
यससँगै सिरहामा कोरोना भाइरस संक्रमितको संख्या ४ सय ३२ पुगेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved