सिरहा । सिरहमा शुक्रवार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको पीसिआर परीक्षण कोशी अस्पताल बिराटनगरबाट प्राप्त रिर्पोट अनुसार गोलबजार नगरपालिकामा ४ जना, लहान नगरपालिका ७ को २ जना, कल्याणपुर नगरपालिका ८ को १ जना र गजेन्द्र नारायण अस्पताल सप्तरीबाट प्राप्त रिर्पोट अनुसार नरहा गाउँपालिकाको ३ जना महेन्द्र गेनाई अस्पतालको ५ जना, चोर्हवा सेना क्याम्पको १७ जना गरी कुल ३२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णदेव यादबले जनाएको छ ।
संक्रमित हुनेमा १ महिला र ३१ जना पुरुष छन् । उनीहरु सवै २० देखि ४० वर्ष उमेर समूहका रहेको बताइएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या ४ सय ७८ पुगेको छ । जसमध्ये ३ सय ३१ जना निको भएर घर फर्केका छन ।
अहिले १ सय ३९ जनाको उपचार आइसोलेसनमा भईरहेको छ । जिल्लामा हालसम्म ८ हजार १ सय २२ जनाको स्वाव परीक्षण भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved