जनकपुरधाम । जनपुरकी एक युवतीमाथि सामुहिक बलात्कार भएको छ । कपुरधाम उपमहानगरपालिका–२१ बस्ने १७ वर्षीया बालिकालाई गाउँकै ३ जनाले बलात्कार गरेको पिडित युवतीले प्रहरीमा उजुरी दिएकी छन् ।
घरमा आमा वुवा नभएको वेलामा भदौ २१ गते राति १२ बजे गाउँकै ३० वर्षीय मुनुवा राउतलगायत ३ जना युवाले बलात्कार गरेको पिडित बालिकाले बताएकी छिन् । पीडित युवतीको उजुरीपछि उनको सोमबार मेडिकल जाँच गराएको छ ।
आमाबुबा नातेदारको बिहेमा महोत्तरीमा गएको वेला मदिरा सेवन गरेका युवकहरू घरमै प्रवेश गरेर बलात्कार गरेको पीडित युवतीले बताएकी छिन् । ‘
घरको गेट बन्द गरेर सुतिरहेकी थिएँ, राति करिब साढे ११ बजेतिर पानी परिरहेको अवस्थामा ढोका ढकढक गरेको आवाज आयो,’ उनले भनिन्, ‘छिमेकी आएको होला भनेर गेट खोल्न लाग्दा ती युवकहरूले जबर्जस्ती समातेर घरमा लगेर बलात्कार गरे ।’
युवती जोडले कराएपछि छिमेकी आएर बलत्कारीलाई समातेर प्रहरीलाई बुझाएका थिए । बलात्कारीलाई सहयोग गर्नेहरू भने भागेको पीडित युवतीले बताएकी छिन् ।
सामूहिक बलात्कार भएको युवतीको उजुरीका आधारमा मनुवा राय अमात्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयले बलात्कारको आरोपमा युवकलाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved