घरमै पसेर युवतीमाथि सामुहिक बलात्कार, एकजना पक्राउ, दुइ फरार

  • भदौ २३, २०७७ | ६०५ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । जनपुरकी एक युवतीमाथि सामुहिक बलात्कार भएको छ । कपुरधाम उपमहानगरपालिका–२१ बस्ने १७ वर्षीया बालिकालाई गाउँकै ३ जनाले बलात्कार गरेको पिडित युवतीले प्रहरीमा उजुरी दिएकी छन् ।

घरमा आमा वुवा नभएको वेलामा भदौ २१ गते राति १२ बजे गाउँकै ३० वर्षीय मुनुवा राउतलगायत ३ जना युवाले बलात्कार गरेको पिडित बालिकाले बताएकी छिन् । पीडित युवतीको उजुरीपछि उनको सोमबार मेडिकल जाँच गराएको छ ।

आमाबुबा नातेदारको बिहेमा महोत्तरीमा गएको वेला मदिरा सेवन गरेका युवकहरू घरमै प्रवेश गरेर बलात्कार गरेको पीडित युवतीले बताएकी छिन् । ‘

घरको गेट बन्द गरेर सुतिरहेकी थिएँ, राति करिब साढे ११ बजेतिर पानी परिरहेको अवस्थामा ढोका ढकढक गरेको आवाज आयो,’ उनले भनिन्, ‘छिमेकी आएको होला भनेर गेट खोल्न लाग्दा ती युवकहरूले जबर्जस्ती समातेर घरमा लगेर बलात्कार गरे ।’

युवती जोडले कराएपछि छिमेकी आएर बलत्कारीलाई समातेर प्रहरीलाई बुझाएका थिए । बलात्कारीलाई सहयोग गर्नेहरू भने भागेको पीडित युवतीले बताएकी छिन् ।

सामूहिक बलात्कार भएको युवतीको उजुरीका आधारमा मनुवा राय अमात्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयले बलात्कारको आरोपमा युवकलाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब