झुटो प्रमाणपत्र दिएर नागरिकता लिने बोस प्रहरीको फन्दामा

  • भदौ २४, २०७७ | ४९३ पटक पढिएको | सीमा संदेश
alt

रौतहट । झुटो प्रमाण एवं विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय रौतहटबाट नागरिकता लिएका आरोपमा उद्योगी विप्लवकान्ति बोसलाई आज हेटौँडामा पक्राउ गरिएको छ ।

हेटौँडामा उद्योग सञ्चालन गरेर बस्दै आएका बोसलाई मकवानपुर, पशुपतिनगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका- ५ को गर्दोईबाट पक्राउ गरेको बताइएको छ ।

जिल्ला अदालतको पक्राउ पुर्जी र जिल्ला प्रहरी कार्यालयले पठाएको पत्रका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

जिल्लाका नायब प्रहरी उपरीक्षक इन्द्रबहादुर रानाले अभियुक्त बोसलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा आज पठाइने जानकारी दिए । बोस हेटौँडा औद्योगिक क्षेत्रस्थित सुपरलेमिकोटस प्रालि र गर्दोईस्थित नारायणी मिलका सञ्चालक छन् । रासस

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब