सिरहा । सिरहमा शुक्रवार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशिक अस्पताल जनकपुरबाट प्राप्त पीसिआर परिक्षण रिर्पोट अनुसार सिरहा करागरको १९ जना र लहान गरपालिकाको ३ जना गरी कुल २२ जनामा रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादबले जनकारी दिईएको छ ।
उनीहरु सबै २ देखि ६० वर्ष उमेर समूहका रहेका छन । जसमा ४ जना पुरुष र १८ जना महिला रहेका छन ।
यसैसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ७२ पुगेको छ । जसमध्ये ३ सय ७३ जना निको भएर घर फर्केका छन । अहिले २ सय ८९ जनाको उपचार आइसोलेसनमा भईरहेको छ । जिल्लामा हालसम्म ९ हजार ८२ जनाको स्वाव परीक्षण भएको स्वास्थ्य कार्यालयले जनाएको छ । हाल सम्म सिरहामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भई सकेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved