एकैदिन २०२० जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

  • असोज २, २०७७ | ५४६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । पछिल्लो २४ घण्टामा २०२० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ र संक्रमणकै कारण ८ जनाको मृत्यु भएको छ ।

देशभरका प्रयोगशालामा ११ हजार ४५८ नमुना परीक्षण गर्दा ६३९ महिला र १३८१ पुरुषमा संक्रमण पुष्टि भएको हो । सबैभन्दा धेरै काठमाडौंका ६९८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै चितवनका १९१, मोरङका ११८, सुर्खेतका ११७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप ८ जनाको मृत्यु

काठमाडौं र धनुषाका २/२ जना, भक्तपुर, सर्लाही, नवलपरासी र मोरङका १/१ जनाको मृत्यु भएको हो । देशभरका अस्पतालमा गरी ३६ जना भेन्टिलेटरमा छन् भने १७३ जनाको आईसीयूमा उपचाररत छन् । सबैभन्दा धेरै बाग्मतीमा १२६ जना आईसीयू र ३४ जना भेन्टिलेटरमा छन् ।

  • काठमाडौं महानगरपालिका-२७, काठमाडौंका ८८ वर्षीय पुरुषको पाटन अस्पतालमा मृत्यु भएको छ । मिर्गौला र उच्च रक्तचापका बिरामी उनलाई भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ, काठमाडौंकी ८५ वर्षीयाको ओम अस्पतालमा बिहीबार मृत्यु भएको छ । दमको बिरामी उनलाई श्वास प्रश्वासमा अप्ठ्यारो भएपछि २५ भदौमा अस्पताल भर्ना गरिएको थियो भने २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • सबैला नगरपालिका-३, धनुषाका ६८ वर्षीय पुरुषको शुक्रबार प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । उनी मिर्गौलासम्बन्धी समस्याबाट समेत पीडित थिए ।
  • बटेश्वर गाउँपालिका-५, धनुषाका ७० वर्षीय पुरुषको पनि प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि उनी २२ भदौमा अस्पताल भर्ना भएका थिए ।
  • मध्यपुर थिमी-५, भक्तपुरका ८२ वर्षीय पुरुषको बिहीबार वीर अस्पतालमा मृत्यु भएको छ । मधुमेह र उच्च रक्तचापका बिरामी उनलाई २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनी त्यही दिन अस्पताल भर्ना भएका थिए ।
  • हरिहर गाउँपालिका, सर्लाहीका ५५ वर्षीय पुरुषको शुक्रबार चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको छ । मिर्गौलामा समस्या देखिएपछि डायलायसिस गराउँदै आएका उनलाई भदौ १८ गते कोरोना पुष्टि भएको थियो । उनको स्वासप्रश्वासमा समस्या देखिएको थियो ।
  • देवचुली नगरपालिका-११, नवलपरासी पूर्वका ३१ वर्षीय पुरुषको शुक्रबार चितवन मेडिकल कलेज, चितवनमा मृत्यु भएको छ । २६ गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको भोलिपल्ट पुष्टि भएको थियो ।
  • बिराट मेडिकल कलेजमा बिहीबार मृत्यु भएका विरानगर महानगरपालिका-१०, मोरङका ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी ज्वरो र श्वासप्रश्वासम्बन्धी समस्या लिएर ३० भदौमा अस्पताल भर्ना भएका थिए ।

संक्रमितको संख्या ६१ हजार नाघ्यो

कुल संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ । उनीहरुमध्ये ३९० जनाको मृत्यु भएको छ भने ४३ हजार ८२० जना संक्रमणमुक्त भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ८७० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब