एकैदिन २०२० जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

  • असोज २, २०७७ | ५०५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । पछिल्लो २४ घण्टामा २०२० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ र संक्रमणकै कारण ८ जनाको मृत्यु भएको छ ।

देशभरका प्रयोगशालामा ११ हजार ४५८ नमुना परीक्षण गर्दा ६३९ महिला र १३८१ पुरुषमा संक्रमण पुष्टि भएको हो । सबैभन्दा धेरै काठमाडौंका ६९८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै चितवनका १९१, मोरङका ११८, सुर्खेतका ११७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप ८ जनाको मृत्यु

काठमाडौं र धनुषाका २/२ जना, भक्तपुर, सर्लाही, नवलपरासी र मोरङका १/१ जनाको मृत्यु भएको हो । देशभरका अस्पतालमा गरी ३६ जना भेन्टिलेटरमा छन् भने १७३ जनाको आईसीयूमा उपचाररत छन् । सबैभन्दा धेरै बाग्मतीमा १२६ जना आईसीयू र ३४ जना भेन्टिलेटरमा छन् ।

  • काठमाडौं महानगरपालिका-२७, काठमाडौंका ८८ वर्षीय पुरुषको पाटन अस्पतालमा मृत्यु भएको छ । मिर्गौला र उच्च रक्तचापका बिरामी उनलाई भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ, काठमाडौंकी ८५ वर्षीयाको ओम अस्पतालमा बिहीबार मृत्यु भएको छ । दमको बिरामी उनलाई श्वास प्रश्वासमा अप्ठ्यारो भएपछि २५ भदौमा अस्पताल भर्ना गरिएको थियो भने २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • सबैला नगरपालिका-३, धनुषाका ६८ वर्षीय पुरुषको शुक्रबार प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । उनी मिर्गौलासम्बन्धी समस्याबाट समेत पीडित थिए ।
  • बटेश्वर गाउँपालिका-५, धनुषाका ७० वर्षीय पुरुषको पनि प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि उनी २२ भदौमा अस्पताल भर्ना भएका थिए ।
  • मध्यपुर थिमी-५, भक्तपुरका ८२ वर्षीय पुरुषको बिहीबार वीर अस्पतालमा मृत्यु भएको छ । मधुमेह र उच्च रक्तचापका बिरामी उनलाई २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनी त्यही दिन अस्पताल भर्ना भएका थिए ।
  • हरिहर गाउँपालिका, सर्लाहीका ५५ वर्षीय पुरुषको शुक्रबार चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको छ । मिर्गौलामा समस्या देखिएपछि डायलायसिस गराउँदै आएका उनलाई भदौ १८ गते कोरोना पुष्टि भएको थियो । उनको स्वासप्रश्वासमा समस्या देखिएको थियो ।
  • देवचुली नगरपालिका-११, नवलपरासी पूर्वका ३१ वर्षीय पुरुषको शुक्रबार चितवन मेडिकल कलेज, चितवनमा मृत्यु भएको छ । २६ गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको भोलिपल्ट पुष्टि भएको थियो ।
  • बिराट मेडिकल कलेजमा बिहीबार मृत्यु भएका विरानगर महानगरपालिका-१०, मोरङका ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी ज्वरो र श्वासप्रश्वासम्बन्धी समस्या लिएर ३० भदौमा अस्पताल भर्ना भएका थिए ।

संक्रमितको संख्या ६१ हजार नाघ्यो

कुल संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ । उनीहरुमध्ये ३९० जनाको मृत्यु भएको छ भने ४३ हजार ८२० जना संक्रमणमुक्त भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ८७० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

कक्षा १२ को नतिजा ४५ दिनभित्रै सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा परीक्षा सकि ...

सहिद हेमनारायण गोल्डकप : काठमाण्डौँ फाइनलमा प्रवेश

सिरहा । सिरहाको शंकर रंगशालामा जारी चौथो संस्करणको &lsq ...

जेठ १३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल जेठ १३ गते । बुधबार । इ ...

सहिद हेमनारायण गोल्डकप : सलहेश युवा क्लव सिरहा सेम

सिरहा । सिरहाको शंकर रंगशालामा जारी चौथो संस्करणको &lsq ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब