यी नेपाली जसले लिए कोरोना विरुद्धको भ्याक्सिन

  • असोज ४, २०७७ | ५२७ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । रुसको रानधानी मस्कोमा कार्यरत एक नेपालीले कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लिएका छन् । मस्कोमा कार्यरत ६१ वर्षीय डा.महेश श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको भ्याक्सिन लिएका हुन्। श्रेष्ठको नेपालमा पुख्र्यौली घर सल्यान हो ।

श्रेष्ठको नाम रसियन सरकारद्धारा अनलाइनमा लक्की ड्र मार्फत छानिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा.बद्री केसीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । श्रेष्ठलाई भ्याक्सिन दिनुभन्दा पहिला उनको सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो। ३० हजार जना मध्येमा छानिएका श्रेष्ठको भ्याक्सिन लगाएपछिको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

यसअघि रसियामा निर्माण भएको सो भ्याक्सिन नेपालमा ल्याउने तयारी भैरहेको खबर बाहिर आएको थियो ।  नेपालका लागि रसियन राजदूत एलेक्सी नोभिकभले रुसले विकास गरेको उक्त भ्याक्सिन नेपाललाई दिन तयार रहेको जानकारी दिएका थिए । 

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब