धनुषामा अप्राकृतिक मैथुन गरी ५ वर्षीय बालकको विभत्स हत्या

  • असोज १७, २०७७ | ५२१ पटक पढिएको | सीमा संदेश
alt

धनुषा । धनुषाधाम नगरपालिका ५ किसानपुरमा मृत फेला परेका ५ वर्षीय बालकको हत्या अप्राकृतिक मैथुन गरी गरेको खुलासा भएको छ ।

शुक्रवार किसानपुरका रामेश्वर सदाको ५ वर्षीय छोरा रुपेश सदाको कृषि इटा उधोग परिसरमा पात पतिङ्गरले छोपेको अवस्थामा शव फला परेको थियो । अनुसन्धानका क्रममा प्रहरीले सबैला नगरपालिका ७ का २२ वर्षीय राम बहादुर सदालाई तत्कालै पक्राउ गरे ।

उनीमाथि अनुसन्धान गर्दा हत्याको रहस्य खुलेको छ । पक्राउ परेका सदाले ति बालकलाई अप्राकृतिक मैथुन गरी हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् । उनले प्रहरीसँगको वयानमा भनेका छन्, ‘अप्राकृतिक मैथुन गर्दा बेहोस् भयो । त्यसपछि घाँटीमा डोरा कसेर मारे ।’

ति बालकलाई चकलेट र विस्कुटको प्रलोभन देखाएर बिहिवार नै नातामा भिनाजु पर्ने सदाले माछा मार्न इटा उधोगमा लगेको र त्यही अप्राकृतिक मैथुन गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सदामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब