नवराजपुर । सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपमा कुटपिट गरी फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले बुधवार पक्राउ गरको छ ।
बोक्सी कसुर अन्तर्गतको मुद्धामा फरार ८ जना प्रतिवादी मध्ये नवराजपुर गाउँपालिका वडा नं. ५ का २० बर्षिय संतोष यादबलाई प्रहरी टोलीले प्रकाउ गरेको हो । प्रदेश नं. २ को कार्यलय जनकपुर र सिरहा जिल्लाबाट खटिएको संयुक्त टोलीले यादबलाई नेपाल भारतको सीमाना क्षेत्र ठाडी स्थितबाट पक्राउ गरेको जनाएको छ ।
नवराजपुर गाउँपालिका वडा नं. ५ बस्ने रामनारायण यादबको श्रीमती मुर्ती देवी यादबलाई गत भदौ २७ गते मा घरबाट राती ११ बजे बोलाएर धर्मनाथ यादबको घरमा लगी बोक्सीको आरोपमा समूहिक रुपमा कुटपिट गरेको थियो ।
कुटपिटमा दुईबटा दाँत भाचिँएको र मरनासन हुने अवस्थामा लहान अस्पतालमा उचार गराएको थियो । बोक्सी आरोपमा कुटपिट र मलमुत्र खुवाएको भनी पिडितको श्रीमान किटानी जाहिरी दर्ता गराएको थियो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved