रौतहटमा प्रेम गर्ने किशोरीको हत्या, प्रेमीकै घर पुर्याइदिए लास

  • असोज २३, २०७७ | १,२४३ पटक पढिएको | सीमा संदेश
alt

रौतहट । रौतहटमा गाउँकै युवकसँगको प्रेम सम्बन्धको विषयलाई लिएर एक किशोरीको हत्या भएको छ ।रौतहटको दुर्गा भगवती गाउँपालिका ४ छतौनाटोलकी १७ वर्षीया रोबिना मन्सुरीको हत्या भएको हो ।

किशोरीको गाउँकै जुनेस मिया कबाडीसँग प्रेमसम्बन्ध भएपनि परिवारले अस्वीकार गर्दै आएको रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

उनका अनुसार परिवारले ती किशोरीको भारतका मोति रहमानसँग विवाह गरिदिने तयारी गरेका थिए ।

बुधबार किशोरीलाई मारेको वा आफैं मरेको भन्ने खुल्न सकेको छैन । तर मृत किशोरीको शव उनका काका–काकीहरुले प्रेमी जुनेसको घरमा लगेर राखिदिएका थिए ।

सोही गाउँका १९ वर्षीय युवकसँगको प्रेम सम्बन्धका कारण उनको हत्या गरिएको प्रहरीको आशंका छ । परिवारले भारतका युवकसँग विवाह गरिदिन खोजे पनि किशोरी नमानेपछि उनको घरमै हत्या गरिएको अनुमान गरिएको छ ।

ती युवकसँग किशोरीलाई छुटाउन परिवारले दुवै जनालाई दबाब दिँदै आएका थिए । युवतीको हत्याको आशंकामा सोही ठाउँका ३३ वर्षीय फुल महम्मदलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनीसहितका ४ जनाले किशोरीको शव जनरल कवाडीको घरमा पु¥याएका थिए । ४३ वर्षीय लाल महम्मद, ५० वर्षीय नसरुदिन मन्सुरी र उनकै श्रीमती ४३ वर्षीया सहनाज मन्सुरी हाल फरार रहेको एसपी शाहले बताए । किशोरीका बुबा रोजगारीका लागि भारतमा छन् । किशोरीकी आमा बुधबार दिउँसो घाँस काट्न गएको समयमा घटना भएको थियो ।

प्रेमी भनिएका युवकलाई फसाउन यस्तो गरिएको प्रहरीको बुझाई छ ।

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब