सिरहा । कांग्रेस जिल्ला सदस्य रामबाबु यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
सिराहा नगरपालिका– १५ सुखचैना घर भएका ४० वर्षीय यादव प्रहरी हिरासतमा रहेका अभियुक्तलाई रिहा गराउने भन्दै ठगी गरेको एक लाख रुपैयाँसहित प्रहरीले आइतबार पक्राउ गरेको हो । यादवलाई प्रहरी नायव उपरीक्षक सन्तुलाल जैसवालको नेतृत्वको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
सिराहाको मिर्चैया नगरपालिका– ८ मझौवाका २१ वर्षीय सियाराम महतोलाई प्रहरी हिरासतबाट मुक्त गराइदिने भनेर चार लाख रुपैयाँ लिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक उमाशंकर पञ्जियारले बताए ।
प्रहरी उपरीक्षक पञ्जियारका अनुसार पक्राउ परेका यादवले जुवा मुद्दामा थुनामा रहेका महतोलाई रिहा गराउन प्रहरी, न्यायाधीश, सरकारी वकिल, सिडिओ र डिआइजीसम्मलाई मिलाउन चार लाख रुपैयाँ चाहियो भनेर ठगी गरेको बताए ।
पक्राउ परेका यादवलाई ठगी मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक पञ्जियारले बताए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved