सिरहा कांग्रेस जिल्ला सदस्य रामबाबु यादव ठगी आरोपमा पक्राउ

  • असोज २५, २०७७ | १,४०६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । कांग्रेस जिल्ला सदस्य रामबाबु यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

सिराहा नगरपालिका– १५ सुखचैना घर भएका ४० वर्षीय यादव प्रहरी हिरासतमा रहेका अभियुक्तलाई रिहा गराउने भन्दै ठगी गरेको एक लाख रुपैयाँसहित प्रहरीले आइतबार पक्राउ गरेको हो । यादवलाई प्रहरी नायव उपरीक्षक सन्तुलाल जैसवालको नेतृत्वको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

सिराहाको मिर्चैया नगरपालिका– ८ मझौवाका २१ वर्षीय सियाराम महतोलाई प्रहरी हिरासतबाट मुक्त गराइदिने भनेर चार लाख रुपैयाँ लिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक उमाशंकर पञ्जियारले बताए ।

प्रहरी उपरीक्षक पञ्जियारका अनुसार पक्राउ परेका यादवले जुवा मुद्दामा थुनामा रहेका महतोलाई रिहा गराउन प्रहरी, न्यायाधीश, सरकारी वकिल, सिडिओ र डिआइजीसम्मलाई मिलाउन चार लाख रुपैयाँ चाहियो भनेर ठगी गरेको बताए ।

पक्राउ परेका यादवलाई ठगी मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक पञ्जियारले बताए ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब