सिरहाको लहानमा २५ बर्षीय एक महिलाको शंकास्पद मृत्यु

  • मंसिर ११, २०७७ | १,२२५ पटक पढिएको | सीमा संदेश
alt

 

सिरहा । लहान नगरपालिका -१८ शोभापुर गाउँमा एक मुस्लिम महिलाको मृत्यु शंकास्पद भएको देखिएको छ । घटनामा अनुसन्धानका लागि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएका छन् । मृत्यु हुने महिला २५ वर्षीया इसरत खातुन हुन् ।

मृतकको पति दिल मोहम्मद वैदेशिक रोजगारमा कतार गएका छन् । उनी दुई छोराछोरीसहित एक्लै घरमा बस्दै थिए । स्थानीयका अनुसार उनलाई सोमबार राती आफन्तमा पर्ने सासु–ससुराले कुटपिट गरेका थिए ।

घाइते खातुन स्थानीय औषधी पसलमा उपचार गराएका थिए । बिहीबार साँझ उनको मृत्यु भएको छ । स्थानीयका अनुसार मृत्युपछि केही व्यक्तिले एम्बुलेन्समा राखि उपचार गराउन भन्दै अस्पताल पुर्‍याउँ‍न लगिरहेका थिए । गाउँबाट प्रहरीलाई खबर पुग्यो । 

प्रहरी अस्पताल पुग्दा महिलाको मृत्यु भइसकेको थियो । शवलाई पोष्टमार्टमका लागि लहानस्थित राउ स्मारक अस्पतालमा राखिएको छ । इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरत थापा क्षेत्रीका अनुसार घटनाको जाहेरी आएको छ । हामी त्यही अनुसार अनुसन्धान बढाएको उनले बताए । ‘महिलालाई कुटपिट गर्ने आरोपित एक जनालाई नियन्त्रणमा लिएका छौँ ।

थप अनुसन्धान भइरहेको छ,’डीएसपी थापाले भने,‘अस्पताल पुर्‍याउने व्यक्तिले विष सेवन गरेको भनेर कुरा जानकारी गराएको छ । पोष्टमार्टमपछि सबै कुरा खुल्नेछ ।’ मृतकका आमाबुबाले कुटपिटबाट छोरीको मृत्यु भएको बताएका छन् ।

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब