स्रोत नखुलेको ९ लाख ३९ हजार रुपैयाँ सहित दुई जना पक्राउ

  • माघ १, २०७७ | १,३०६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिराहाको दक्षिणी सीमावर्ती बरियारपट्टी गाउँपालिकाबाट स्रोत नखुलेको रकमसहित दुईजनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले सीमावर्ती भारतीय बजार लदनियाँबाट स।८प ९६१४ नम्बरको मोटरसाइकलमा आउँदै गरेका मोटरसायकलचालक बरियारपट्टी गाउँपालिका– २ खोक्सीका ४० वर्षीय मोहम्मद सगिर मियाँ र पछाडि बस्ने २४ वर्षीय मेहदी मन्सुरलाई बुधबार दिउँसो चेकजाँचको क्रममा स्रोत नखुलेको नेपाली रुपैयाँसहित पक्राउ गरेको हो ।

प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरी टोलीले मियाँ र मन्सुरलाई स्रोत नखुलेका नेपाली नोट नो लाख ३९ हजार नौ सय १५ चेकजाँचको क्रममा कचनारीबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी शालिग्राम शर्माले बताए । 

स्रोत नखुलेको रकमसहित पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेशबारीमा राखिएको र बिहीबार थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ललितपुर पठाइने प्रवक्ता शर्माले बताए ।

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब