दास्रो मेयर गोल्डकप फुटवल : फाइनल खेलमा घरेलु टिम सलहेश युवा क्लव विजय

  • फागुन २२, २०७७ | ९६१ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा नगरपालिकको सहयोग र जिल्ला फुटवल संघको आयोजनमा संचालित दोस्रो मेयर गोल्डकप फुटवल प्रतियोगिताको फाइनल खेलमा घरेलु टिम सलहेश युवा क्लव सिरहा ३ १ ले बिजय भएको छ । सेमिफाइनल खेलमा चितवनलाई पराजित गरि फाइनलमा पुगेको घरेलु टिम सलहेश युवा क्लवले फाइनल खेलमा एफ.सी.मुण्डियाल हेठौडालाई पराजित गरि विजय हासिल गरेको छ ।

प्रथम मेयर गोल्डकपमा पनि यि दुई टिम फाइनलमा भिडको थियो । त्यती बेला घरेलु टिमलाई पराजित गरेर हेठौडा विजय भएको थियो । प्रथम गोल्डकपको बदलको सुरमा देखिएको घरेलु टिमले खेल मैदानमा रोमाञ्चक खेल प्रर्दशन गरको छ । पहिलो हाफमा १ गोल गर्न सफल भएको थियो । त्यस लगतै फेरि गोल थपी २ गोल सलहेश युवा क्लव जोडे र हेठौडाले पनि १ गोल फर्काए ।  सलहेश युवा क्लवले करनलको मौका पाएसँगै फेरि १ गोल थपी हेठौडा टिम माथि दबाब श्रृजना गरको थियो ।

फाइनल खेलमा सलहेश युवा क्लव सिरहाको हाथमा वेस्ट किपरको पुरस्कार सूर्य अधिकारी, वेस्ट डिफेन्डर जर्सी नं. १७ को खेलाडी पेपे, वेस्ट कोच राजिव कुमार यादब , वेस्ट  फोडवाड लुइस रिजाल र म्यानवदी टुनामेन्ट जनक कार्कि लगायत कुल ५ वटा पुरस्कार पाउँन सफल भएको छ । त्यस्तै हेठौडाले मिड फिल्डर रोशन डोम र म्यानवदी म्याच हिसम थपलिया गरी कुल २ पुरस्कार हाथ पार्न सफल भएको थियो ।

बिजय टिम सलहेश युवा क्लव सिरहालाई ३ लाख नगद, टोफी, मेडल र प्रमाण पत्र प्रदन गरिएको छ । दोस्रो भएको टिम हेठौडालाई १ एक लाख ५० हजार नगद, टोफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । फाइनल खेलका प्रमुख अतिथि प्रदेश नं. २ को भुमि व्यवस्था तथा कृषि मन्त्री शैलेन्द्र साहले विजय टिमलाई शुभकाना दिदै भने, प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा खेल मैदान निर्माण गर्ने र युवालाई स्वावस्थ्य शारिरी रुपमा बिलयो बनाउका लागि खेलमा ध्यान दिने बताउनु भएको छ ।

156601678_494304291564923_8650119955866257251_n

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब