सिरहा । सिरहाको मिर्चैयामा अज्ञात समुहको गोली लागेर एक जना स्थानिय व्यापारी घायते भएको छ । सिरहाको मिर्चैया नगरपालिका वाडा ६ स्थित सिद्धि मेडिकलका सञ्चालक राम सागर साफीलाई अज्ञात समुहको गोलीक सिकार भएका छन् । अज्ञात समुहले चलाएको गोली लागी राम सागरको तिघ्रमा लागेको छ ।
गोली लागेर घायते भएका राम सागरको उपचार स्स्थानिय मंगलम हस्पिटलमा जारी रहेको छ । यता गोली किन कसरी र कस्ले चलायो भनेको अनुसंनधान भईरहेको प्रहरी वताए ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाको केहि मिटर दुरीमा राजमार्ग मै अवस्थित मेडिकल स्र्टोरका सँचालक माथि यसरी गम्भिर अपराधीक गतिविधि हुनु प्रहरी प्रशासनमाथि प्रश्न चिन्ह उत्पन्न भएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved