साउन २५ देखि ३२ गतेसम्म खाेप सप्ताह : राज्यमन्त्री श्रेष्ठ

  • साउन २१, २०७८ | १,०८१ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोजसम्ममा एक करोड पाँच लाख खोप उपलब्ध हुने बताउनुभएकाे छ । प्रतिनिधि सभा अन्तर्गतकाे शिक्षा तथा स्वास्थ्य समितिकाे बैठकमा उहाँले जापानबाट आठ लाख र भुटानबाट तीन लाख खोप आइतवारसम्ममा आउने जानकारी दिँदै साउन २५ गतेदेखि ३२ गतेसम्म खोप सप्ताह मनाइने पनि बताउनुभयो ।

व्यवस्थापन पक्षलाई ध्यान दिँदै काठमाण्डाैमा एक सय ५० खोप केन्द्र, ललितपुरमा ७७ र भक्तपुरमा ३८ खोप केन्द्र पुर्‍याइएकाे राज्यमन्त्री श्रेष्ठले उल्लेख गर्नुभयो । जनगुनासोलाई सम्बोधन गर्दै सबै जिल्लाबाट क्यूआर कोडसहित सर्टिफिकेट दिने व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो ।

यस्तै शिक्षा तथा स्वास्थ्य समितिले कोभिड १९ विरुद्धको खोप सबै नागरिकले लगाउन पाउने गरी व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । त्यसैगरी समितिले तोकिएको लक्षित समूहलाई खोप दिन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

अग्रपङ्क्ति (फ्रन्टलाइन) का काम गर्ने मजदुर, श्रमिक, व्यवसायी, शिक्षक, विद्यार्थीलगायतलाई प्राथमिकतामा राख्न पनि समितिले सरकारलाई सुझाव दिएको छ ।

त्यसैगरी कोभिडको तेस्रो लहर आउन सक्नेमा सचेत हुँदै आईसीयू, अक्सिजन, भेन्टिलेटर र जनशक्ति थप गर्ने सम्बन्धमा स्वास्थ्य मन्त्रालयले गम्भीरतापूर्वक लिनुपर्ने पनि समिति सभापति जयपुरी घर्तीले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले अबको पाँच महिनामा एक लाख ९३ हजार आठ सय ५६ नयाँ सङ्क्रमित थपिने सम्भावना रहेको बताउनुभयो । त्यसमध्ये नाै हजार ६ सय ९३ जनालाई सघन उपचार कक्ष (आईसीयू) आवश्यक पर्न सक्ने सम्भावना रहेको उहाँले उल्लेख गर्नुभयो ।

सांसद खगराज अधिकारीले स्वास्थ्य मन्त्रालयले अस्पतालहरूमा सरुवा सुरु गर्दै बेथिति निम्त्याएकाले त्यसलाई सच्याउन स्वास्थ्य राज्यमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले सत्तारुढ दलले न्यूनतम साझा कार्यक्रमको नाममा पालिकाकाे अधिकार खोसेर प्रदेशमा ल्याउन लागेको भन्दै यस्तो कार्यक्रम ल्याइए संविधान विपरीतको काम हुने टिप्पणी पनि गर्नुभयो ।

सांसद गिरिराजमणि पोखरेलले कोभिड १९ व्यवस्थापनको सम्बन्धमा स्वास्थ्य मन्त्रालयलाई कमजोर बनाइएको बताउनुभयो । स्वास्थ्य मन्त्रालयलाई कमजोर बनाएर कोभिडविरुद्ध लड्न नसकिने भन्दै उहाँले सबै काम मन्त्रालयको मातहतमा लैजानुपर्ने बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले कोभिड सङ्क्रमण नियन्त्रणका लागि तीनै तहको सरकारबीच आपसी समन्वय हुनुपर्नेमा जोड दिनुभयो । तीन तहका सरकारबीच एकले अर्कोलाई नमान्ने गरेका कारण समस्या उत्पन्न हुने गरेको उहाँले बताउनुभयो ।

डा. लोहनीले प्रत्येक प्रदेशमा स्वास्थ्य मन्त्रालय हुनुपर्ने र चिकित्सकहरू केन्द्र मातहत हुनुपर्नेमा जोड दिनुभयो । 

 

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब