सिरहा । भ्रष्टाचार मुद्धामा फरार रहेको प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला सिरहा नबराजपुर गाँपालिका १ बस्ने वर्ष ४६ को नागेन्द्र प्रसाद यादवलाई प्रहरीले गरेको हो । यादबलाई लहान न.पा. २ स्थितबाट ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यान्वयनको लागी जिल्ला अदालत सिरहामा बुझाईएको छ ।
जिल्ला अदालत सिरहाले २०७०।०३।३१ गते फैसला सुनाएको थियो। भ्रष्टाचार मुद्धामा निजलाई १ महिना २० दिन कैद र रु,५०,०००।– ९पचास हजार० जरिवाना समेत तोकीएको छ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved