ओडीआई क्रिकेट : नेपाल र पपुवा न्यु गिनी आज खेल्दै

  • भदौ २२, २०७८ | ६२५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नका लागि ओमानमा रहेको नेपालले सिरिजअघि पपुवा न्यु गिनी (पीएनजी)सँग दुई खेल खेल्दैछ । त्यस अन्तर्गत नेपाल र पपुवा न्यु गिनीबीचको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)आज हुँदैछ ।

नेपाल र पीएनजीबीच पहिलो ओडीआई मंगलबार बिहान नेपाली समय अनुसार ११:१५ बजे ओमान एकेडेमीस्थित अल अम्रित क्रिकेट मैदानमा हुनेछ । खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीबाट हुनेछ ।

यस्तै शुक्रबार हुने दोस्रो खेल भने डे नाइट हुनेछ । नेपालले पहिलोपटक डे नाइट ओडीआई खेल्न लागेको हो ।त्रिकोणात्मक सिरिज र पीएनजीसँगको खेलका लागि नेपाली क्रिकेट टोली अगष्ट २४ मा ओमान पुगेको थियो । त्यसपछि नेपालले ओमानमै अभ्यास गरिरहेको छ ।

नेपालले पीएनजीसँग पहिलोपटक ओडीआई खेल्न लागेको छ । संयोगबस सन् २०१८ मा जिम्बाब्वेमा भएको एक दिवसीय विश्वकप छनोटमा पीएनजीलाई नै हराएर नेपालले पहिलो पटक ओडीआई मान्यता पाएको थियो ।

त्यसपछि नेपाल र पीएनजीबीच पहिलोपटक खेल हुन लागेको हो । नेपालले त्यसपछि नेदरल्याण्ड्स, युएई, ओमान र अमेरिकासँग मात्र ओडीआई म्याच खेलेको छ । पीएनजी नेपालले ओडीआई खेल्न लागेको पाँचौ टिम हो ।

नेपालले अहिलेसम्म पीएनजीसँग चार खेल खेल्दा एकपटक मात्र जित हात पारेको छ । सन् २००५ मा भएको एक दिवसीय विश्वकप छनोट र २०१५ मा भएको र विश्वक क्रिकेट लिगको दुई खेलमा नेपाल पीएनजीसँग पराजित भएको थियो ।

पछिल्लो पटक २०१८ मा भएको खेलमा भने नेपाल विजयी भएको थियो । सन् २०२० फेब्रुअरीमा काठमाडौंमा भएको विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजपछि नेपालले पहिलोपटक ओडीआई खेल्न लागेको हो । काठमाडौमा भएको त्रिकोणात्मक सिरिजमा नेपाल, ओमान र अमेरिकाले प्रतिस्पर्धा गरेका थिए ।

नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिज यही सेप्टेम्बर १३ देखि ओमानमै हुँदैछ ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब