प्रदेश २ सरकारले मास्क नलगाउनेलाई सरकारी सेवा नदिने

  • भदौ २७, २०७८ | ६४७ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । प्रदेश-२ सरकारले मास्कको प्रयोग नगर्ने सेवाग्राहीलाई सेवा प्रवाह नगर्ने भएको छ ।

प्रादेशिक कोभिड संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले मास्कको प्रयोग नगर्नेलाई सेवा नदिने निर्णय गरेको हो । बैठकले ‘नो मास्क, नो सर्भिस’ अभियान चलाउने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

कोरोना संक्रमितहरुको संख्यामा कमी आएको बैठकले ठहर गरेको छ । संक्रमितको संख्यामा कमी आएपनि सर्वसाधारणले मास्कको प्रयोग गर्न नमानिरहेकाले यो अभियान चलाउने निर्णय भएको मन्त्रिपरिषद्‌को कार्यालयले जनाएको छ ।

सरकारले सर्वसाधारणलाई मास्क प्रयोग गर्ने सम्बन्धमा सञ्चारमाध्यममा जनचेतनामूलक विज्ञापन प्रकाशन/प्रसारण गराउने निर्णय पनि गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको बैठकमा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब