गोलबजारबाट प्रतिवन्धित लागुऔषध सहित दुई जना दाजु–भाइ प्रहरीको नियन्त्रणमा

  • भदौ २८, २०७८ | ९०६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा प्रहरीले गोलबजारबाट प्रतिवन्धित लागु औषध सहित दुईजना दाजु–भाईलाई नियन्त्रणमा लिएको छ ।प्रविन्धित लागुऔषध बेनाड्रिल १३ थान,पेन्टाजोसिन इन्जेक्सन १८८ वटा र पेन्टाजोसिन ल्याक्टेड इन्जेक्सन २३० सहित गोलबाजर नपा ४ का दाई ४६ वर्षिय जगदिश कुमार साह र ४३ वर्षिय भाई दिलिप कुमार साहलाई प्रह्ीले नियन्त्रणमा लिएको हो ।


इलाका प्रहरी कार्यालय गोलबजार र प्रदेश प्रहरीको टोलिले विशेष सुचनाको आधारमा उनीहरुले चलाईरहेको औषधी पसल र घरबाट सो परिमाणको लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकिले जानकारी दिए ।


प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेकाहरुलाई आजै लागुऔषध कारोवार मुद्दामा म्याद थप गर्ने जनाएको छ । पक्राउ परेकाहरु करिब २० वर्ष देखि गोलबजारमा प्रतिवन्धित लागुओषधको कारोवार गर्ने गरेको एक स्थानियले जनाएको छ ।

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब