सिरहा नगरपालिकामा बोक्सी आरोपमा महिला कुटिए, एकजना पक्राउ

  • भदौ ३०, २०७८ | ८६९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ३० भदौ । सिरहामा बोक्सिको आरोपमा एक महिलामाथि कुटपीट भएको छ । सिरहा नपा- १२ सारस्वरका करिव ३६ बर्षीय महिलालाई बोक्सी भन्दै आफ्नै छिमेकी ४५ वर्षिय लखन साह सहितको समूहले कुटपीट गरेका हुन् ।

साहको विरामी नातिनी उपचार गराउँदा पनि निको नभएपछि छिमेकी महिलालाई बोक्सि भन्दै कुटपीट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी शुवास बुढाथोकीले जानकारी दिए ।

१०–१५ दिन देखि बिरामी रहेको नातिनी उपचार गराउँदा पनि ठिक नभएको भन्दै बोक्सिले लागुभागु (टुनामुना) गरेको भन्दै कुटपीट गरेको बताइएको छ ।

बोक्सि भन्दै कुटेको आरोपमा प्रहरीले साह लाई पक्राउ गरेको छ । घटनामा संलग्न अन्य भने फरार रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । महिलाको अबस्था समान्य रहेकोे छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब