लहानमा एटीएम तोडेर रुपैयाँ चोरी गर्न खोज्ने एक जना पक्राउ

  • भदौ ३१, २०७८ | ५५० पटक पढिएको | सीमा संदेश
alt

सिरहा  । गत साउन ३० गते मध्यरातमा मागैन कुमार यादव सिरहाको लहान वरिपरि घुम्दै थिए । उनी लहान नगरपालिका–१ स्थित एनआईसी एशिया बैंकको एटीएम नजिक राति १ बजे पुगे ।

एटीएम नजिक एकछिन पर्खे । वरिपरि आँखा लगाए, कसैलाई देखेनन् । बाटो पनि सुनसान थियो । अनि सुटुक्क एटीएमको कोठाभित्र प्रवेश गरे । औजारसहित पुगेका यादवले एटीएम फुटाउन थाले ।

एटीएमकै मथिल्लो तल्लामा बैंकको कार्यालय छ । बैंकमा लगाइएको साइरन बज्यो । साइरनको अवाज सुनेर यादव आत्तिए । कोही आयो कि भनेर बाहिर गएर हेरे । कोही नदेखेपछि फेरि एटीएम भएको कोठामै फर्किए । तर, उनी डराइसकेका थिए ।

पैसा निकाल्न खोजेका यादव अगाडि बढ्न सकेनन् । तुरुन्तै औजारको झोला लिएर भवनको छेउ भएर त्यहाँबाट निस्किए । उनी र उनले गरेका क्रियाकलापलाई बैंकको सीसीटीभी क्यामेराले कैद गरिसकेको थियो । तर, त्यसयता उनी केहीदिन लुकेरै बसे ।

बुधबार सिरहा प्रहरीले गोप्य सूचनाको आधारमा एक महिनापछि यादवलाई पक्राउ गरेको छ । लहान नगरपालिका २३ गढियाँबाट उनलाई सादा पोशाकमा खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय लहानले मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ ।

सिरहाका प्रहरी उपरीक्षक हिरा पाण्डेले अदालतबाट म्याद थप गरी चोरी उद्योग मुद्दा चलाएको बताए । “एटीएम फुटाएर पैसा चोरी गरेको थिएन । चोरी गर्नु पूर्व नै छोडेर भाग्यो । त्यसकारण चोरी उद्योग मुद्दा मात्रै चलायौँ,” उनले भने ।

पक्राउ परेका यादवका पछिल्ला गतिविधिमाथि पनि अनुसन्धान भइरहेको उनले बताए । प्रहरी उपरीक्षक पाण्डेकाअनुसार यसअघि पनि आरोपित यादव चोरी मुद्दामा पक्राउ परेका थिए । चोरी उद्योग मुद्दामा प्रहरी हिरासतमा रहेका यादव सिरहा नवराजपुर गाउँपालिका १ भोटहा टोलका स्थायी बासिन्दा हुन् ।

पछिल्लो समय प्रदेश २ मा चोरीका घटनामा वृद्धि भएको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब