जनमत पार्टीले पनि संविधान विरुद्ध ‘कालो दिवस’ मनाउने

  • भदौ ३१, २०७८ | ८१९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा  । जनमत पार्टीले पनि संविधानविरुद्ध कालो दिवस मनाउने निर्णय गरेको छ ।

जनकपुरधामस्थित पार्टीको केन्द्रीय सचिवालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले असोज ३ गते कालो दिवस मनाउने निर्णय भएको केन्द्रीय अध्यक्ष डा. सीके राउतले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । विगतका वर्षहरु जस्तै मधेस आन्दोलनका शहिदहरुप्रति श्रद्धाञ्जली दिँदै असोज ३ गते कालो दिवस मनाउने विज्ञप्तीमा भनिएको छ ।

बिहीवार नै लोसपा अध्यक्ष महन्थ ठाकुर र नेपा सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले पनि असोज ३ गते कालो दिवस मनाउने विज्ञप्ती जारी गरेका थिए । तर जसपाले असोज ३ मा संविधान दिवस मनाउने कि कालो दिवस विषयमा कुनै निर्णय हालसम्म नगरेको बुझिएको छ ।

मधेस आन्दोलनलाई बेवास्ता गर्दै संविधान जारी भएकाले मधेसी दलहरु पटक पटक असोज ३ मा कालो दिवस मनाए । तर सरकारमा सहभागी भएको बेला उपेन्द्र यादवको पार्टीले कालो दिवस मनाएको थिएन ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब